
काठमाडौँ – मोटरसाइकल हराएर खिन्न भएका प्रदीपकुमार चौधरी मोटरसाइकल भेटाउँदा निकै खुसी छन् ।
पुस १ गते नयाँसडकमा पार्किङ गरेर काममा गएका चौधरीको बा ८५ प १८२२ नंको मोटरसाइकल हराएपछि महानगरीय ट्राफिक प्रहरी महाशाखामा निवेदन दिएका थिए । जनकपुर घर भई हाल कोटेश्वर बस्दै आएका २२ वर्षीय चौधरी निवेदन दिएको ११ औँ दिनमा आफ्नो मोटरसाइकल पाएपछि निकै हर्षित भए ।
उनले भने, “यति छिटो मोटरसाइकल पाइन्छ भन्ने मलाई विश्वासै लागेको थिएन, ट्राफिकले मोटरसाइकल खोजिदियो, म आज जीवनभरकै खुशी क्षणमा छु ।”
त्यस्तै सुदर्शन बिँडारी पनि निकै हर्षित थिए । कालीमाटी तरकारी बजारमा तरकारी व्यवसाय गर्दै आएका तरकारी बजारमै पार्किङ गरेकै बखत भदौ २५ गते मोटरसाईकल हराएको थियो । “मैले मोटरसाइकल हराएपछि महाशाखामा निवेदन त दिएँ तर मलाई मोटरसाइकल पाइन्छ जस्तो लागेको थिएन, आज पाउँदा निकै खुशी छु”, उनले भने ।
गीता महर्जनको पनि असोज १८ गते साथीलाई बसपार्क छोड्न जाँदा नयाँ बसपार्कबाट बा ५६ प १६७ नंको स्कुटर हराएको थियो । “हराएको मोटरसाइकलको पार्टपूर्जा फेरेर बिक्री वितरण गर्छन् भन्ने सुनेको थिएँ, तर आज मैले मेरो स्कुटर सकुशल पाएँ, हिजो महाशाखाबाट फोन गरेर स्कुटर लिन आउनुहोस् भन्दा पनि पत्यार लागेको थिएन, आएपछि मात्र पत्यार लाग्यो” उनले भनिन् ।
सुमनकृष्ण भण्डारीले मोटरसाइकल पाए । असार १५ गते हराएको मोटरसाइकल आज पाउँदा निकै खुसी भए । वर्ष २०७२-७३ मा १६१, २०७३-७४ मा २१८ र २०७४-७५ को हालसम्ममा ९६ मोटरसाइकललाई फेला पारी सम्बन्धित व्यक्तिलाई महासखाले बुझाई सकेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्