
काठमाडौँ – अमेरिकाले बर्षेनी डीभी चिठ्ठा खोल्ने गरेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका अनुसार रद्दी मान्छेहरु मात्रै डीभी भरेर अमेरिका आउने गरेको बताएका छन् । उनले डीभी परेर अमेरिका आउने मानिसहरु खराबभन्दा खराब भएको भन्दै रद्दीको टोकरीबाट निकालिएका मान्छेहरुले मात्रै डीभी भर्ने बताए ।
राष्ट्रपति ट्रम्पले एक कार्यक्रमलाई सम्बोधन गर्दै कुनै पनि देशका उत्तम मान्छेहरुले डीभी नभर्ने बताउँदै भने, “देशका उत्तम मानिसहरु डीभी भर्दैनन्, रद्दीको टोकरीमा मिल्काएकाहरु डीभी परेर अमेरिका आएका छन् ।”
वासिङ्टन पोष्टका अनुसार ट्रम्पले चिठ्ठा पारेर अमेरिका आउने सिस्टमको निकै विरोध गरेका छन् र चिठ्ठाले खराब भन्दा खराब मान्छे छानेको समेत बताए ।
नेपाललगायत विश्वका विभिन्न देशहरुबाट डीभीमार्फत वर्षेनी ५० हजार मानिसहरु अमेरिका पुग्ने गर्छन् । सबैभन्दा धेरै नेपालीहरु डीभीमार्फत अमेरिका पुग्ने गरेको तथ्यांकहरुले देखाएका छन् । अहिलेसम्म ५५ हजार नेपाली डीभीमार्फत अमेरिका पुगिसकेका छन् ।
नेपालका राजनीतिक दलका नेता-कार्यकर्तादेखि उच्च पदमा रहेका कर्मचारी पनि डीभी भरेर अमेरिका पुग्ने गरेका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्