
काठमाडौँ – बिगत लामो समयदेखि नेपाली बजारमा आफ्ना विभिन्न मोडलका मोटरसाइकल तथा स्कुटरहरु बिक्री बितरण गर्दै आएको टि भी एसले आफ्ना ग्राहकहरुलाइ थप सुविधा, साथ तथा आवश्यकता पूर्ति गर्ने उद्देश्यले जगदम्बा मोटर्स अन्तर्गतको टि भी एसले पौष २ गतेदेखि ६ गते सम्म मेघा एक्सचेन्ज मेला आयोजना गरेको छ ।
५ दिन सम्म चल्ने उक्त मेगा एक्सचेन्ज मेलामा कुनै पनि पुरानो मोटरसाइकल तथा स्कुटरसंग टि भी एस कम्पनीका कुनै पनि मोटरसाइकल तथा स्कुटर एक्सचेन्ज गर्न सकिने छ । हाल नेपालमा विक्री वितरण हुँदै आएका अन्य २ पांग्रे सवारी साधनहरु मध्ये टि भी एस कम्पनीसँग सबैभन्दा धेरै मोडलका बाइक तथा स्कुटरहरु उपलब्ध रहेका छन् । उक्त मेघा एक्सचेन्ज मेला बिगतमा पनि हुँदै आएको थियो र भविष्यमा पनि निरन्तर चलिरहने छ ।
देशको अन्य शहरहरुमा पनि चलिरहेको उक्त मेलामा जस्तोसुकै कन्डिसनको मोटरसाइकल पनि एक्सचेन्ज गर्न सकिने कुरा कम्पनीले जनाएको छ । एक्सचेन्जमा १०,००० देखि १ लाख सम्मको क्गचभ क्जयत ऋबकज छुटको अवसर प्रदान गरिनुका साथै थप मुल्याङ्कनको पनि व्यवस्था गरिएको छ ।
मेलालाई थप आकर्षक, मनोरन्जनात्मक र सुविधा सम्पन्न बनाउन बाइक स्टन्ट, फ्रि बाइक चेक अप, फेस पेन्टिङ्ग, हेल्मेट अनि एसेसोरिज स्टल र विभिन्न खेलहरु प्रदर्शन गरिने छ, मोटरसाइकल तथा स्कुटर एक्सचेन्ज गर्नको लागि मेगा एक्सचेन्ज मेलामै तुरुन्त फाइनान्सको सुबिधा रहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्