
काठमाडौँ – मंसिर १० मा पहिलो चरणको निर्वाचन भएका मध्ये ३७ प्रतिनिधि सभासदस्यमध्ये ३४ स्थानमा बाम गठबन्धन, एकमा नयाँ शक्ति र एकमा राप्रपा प्रजातान्त्रिकले अग्रता लिएका छन् ।
रसुवा जिल्लामा लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेसका मोहन आचार्य वाम गठबन्धनका उम्मेदवारभन्दा १४५१ मतले अगाडि छन् ।
उनलाई वाम गठबन्धन एमाले उम्मेदवारले जनार्दन ढकाल ३३२१ मतका साथ पछ्याइरहेका छन् । त्यस्तै प्रदेशतर्फ ‘क’ मा लोकतान्त्रिक गठबन्धनका कांग्रेस उम्मेदवार प्रभात लामा ४१६५ तथा वाम गठबन्धनकका एमाले उम्मेदवार कर्णेल लामा ३४५७ मतान्तरमा छन् ।
त्यस्तै सिन्धुपाल्चोकमा पशुपति समशेर राणा र गोरखामा डा बाबुराम भटराई अघि छन् । राणा र भट्टराई दुवैलाई कांग्रेसको समर्थन छ ।
पछिल्लो परिणामअनुसार मनाङ, मुस्ताङ र पूर्वी रुकुममा वाम गठबन्धनका ५ उम्मेदवार विजयी भएका छन् । मनाङ, मुस्ताङमा एमाले उम्मेदवार विजयी भएका छन् भने पूर्वी रुकुममा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका हुन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्