Skip to content
LAXMI SUNRISE BANK

‘एकतापछि ओली र प्रचण्डले राजनीतिबाट सन्यास लिनुपर्छ’ : योगेश भट्टराई

अर्थ सरोकार

काठमाडौं – राजधानीमा एमालेको पेशागत विशेष जिल्ला कमिटिले गरेको कार्यक्रममा नेकपा एमालेका सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्डलाई) पार्टी एकताको प्रक्रिया पूरा गरेर राजनीतिबाट सन्यास लिन आग्रह गरेका छन् ।
पार्टी एकता नागरिकबाट अनुमोदन भइसेकाले अब चाँडै नै एकताको घोषणा गरी त्यहि कार्यक्रममा दुई नेताले राजनीतिबाट सन्यास लिन सुझाव दिएका हुन्। उनले भने- ‘पार्टी एकताको प्रक्रिया पूरा गरेपछि उहाँहरुले राजनीतिको परीक्षामा पूर्णाङ्क प्राप्त गर्नुहुन्छ । अब पनि अध्यक्ष वा प्रधानमन्त्री बन्छु भन्नु फेरि परीक्षामा सहभागी हुनु जस्तै हो । उहाँहरुले सतप्रतिशत अंक ल्याएर पास भएकाले फेरि परीक्षा दिनु आवश्यक छैन ।’
एकीकृत पार्टी तथा देशको नेतृत्वको जिम्मा अब दोस्रो तथा तेस्रो पुस्ताको काँधमा दिएर ओली र प्रचण्डले राजकीय व्यक्तित्व बनेर देश, विदेशका ठूला विश्वविद्यालयमा नेपालको शान्ति प्रक्रिया र राजनीतिक व्यवस्थापनका बारेमा लेक्चर दिन जानु पर्ने भट्टराईको भनाई छ ।
यस्तै उनले प्रधानमन्त्री शेरबहादुर देउवाले संविधान र कानुनमा रहेको छिद्र खोजेर सत्ता लम्ब्याउन खोजेको बताउँदै बहुदलीय व्यवस्थामा बहुमत ल्याउने पक्षले सरकार बनाउन पाउने भएकाले त्यसका लागि मार्ग प्रसस्त गर्नुपर्ने बताए।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK