
- अर्थ सरोकार सम्बाददाता
भारत- भारतको नयाँ दिल्लीका विभिन्न यौन बजारमा नेपाली चेलीसँग सेक्स गर्न पाइने भन्दै खुलेआम रुपमा विज्ञापन हुँदा पनि नेपाल सरकार चुप लागेर बसेको पाइएको छ । विशेष गरी भारतको दिल्लीमा विभिन्न स्थानमा रहेका कोठीहरुमा नेपाली स्त्रीसँग यौन सम्पर्क गर्न पाइने भन्दै विज्ञापन गरिएको पाइएको छ । विज्ञापनमा १० बर्षदेखि ६० बर्षसम्मका युवाहरुलाई नेपाली र बंगलादेशी स्त्री ‘मिलाइदिने’ उल्लेख गरिएको छ ।
यतिबेला यस्तै एउटा तस्विर सामाजिक संजालमा ‘भाइरल’ भएको छ । भारतको दिल्लीस्थित विभिन्न कोठीहरुमा नेपाली केटीसँग यौन सम्पर्क गर्न पाइने भन्ने विज्ञापन हुँदा पनि नेपाल सरकार चुप लागेर बसेको भन्दै नेपाल सरकारको विरोध गर्नेहरु बढेका छन् । नेपालमा बेचिएका चेलीहरुको उद्धार गर्ने नाममा विभिन्न संघ-संस्थाहरुपनि खुलेका छन् । तर यस विषयमा कसैको पनि ध्यान गएको छैन ।
भारतको दिल्लीमात्र होइन अन्य स्थानका कोठीहरुमा पनि नेपाली चेलीहरुको विज्ञापन गर्ने गरिएको पाइएको छ । नेपाली चेलीहरुपनि यौन सम्पर्कका लागि पाइने भन्दै यसरी खुलेआम विज्ञापन हुँदा देशको समेत बेइज्जत भइरहेको छ । तर सम्बन्धित निकायले यस विषयमा केहि पनि बोलेको छैन ।
हाम्रा चेलीहरु र देशमाथि भइरहेको यस्तो बेइज्जतको विरोध गर्न र सरकारलाइ घच्घच्याउन सकेसम्म यो समाचार धेरैमा सेयर गर्नुहोला ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्