×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अमेरिकाबाट आयो दुखद खबर, एक नेपाली युवकको गोली हानि हत्या (भिडियोसहित)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

अमेरिकाबाट आयो दुखद खबर, एक नेपाली युवकको गोली हानि हत्या (भिडियोसहित)

८ माघ २०७४, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

अमेरिकाको ड्यालसको गारल्याण्डमा एक नेपालीको हत्या भएको छ । हत्या भएका व्यक्ति मनीष पाण्डे रहेको ड्यालस मर्निंग न्यूजले जनाएको छ ।
ब्रोडवे एभेन्यूमा रहेको एक्जोन ग्यास स्टेशनमा शनिबार राति भएको लुटपाटमा त्यसमा कार्यरत ३५ वर्षीय पाण्डेको निधन भएको हो । उक्त ग्याँस स्टेशनका मालिक कृष्ण पन्त मृतकका मामा हुन् ।
गारल्याण्ड प्रहरीलाई उधृत गर्दै स्थानीय सिबिएस डिएफडब्लुले अनलाइनले जनाए अनुसार शनिबार मध्यरातमा दुई व्यक्ति पसेर लुट्न खोजेपछि प्रतिरक्षाको क्रममा उनको हत्या भएको थियो । भिडियोमा देखिए अनुसार दुबै कालो वर्णका थिए ।
प्रतिरक्षा गर्ने क्रममा दुई लुटेराले गोली हानेर हत्या गरेको भिडियो देखिएको उक्त अनलाइनले जनाएको छ । सप्ताहन्त भएकोले राति १२ बजे स्टोर बन्द गर्ने गरिएको थियो । बन्द गर्नुभन्दा केही समय अघिमात्र उक्त घटना भएको हो ।
ग्यास स्टेसन तथा स्टोरहरुमा जोखिम बढ्दै गएको छ । लुटपाटको क्रममा लुटेराहरूसँग बादबिबाद र भीडन्त नगर्न जानकारहरूको सुझाव छ । ग्याँस स्टेसनमा कार्यरत मृतक नेपाली केही समय अघिमात्र नेपालबाट आएका थिए । ग्यास स्टेशनका मालिक र मृतकबीच पारिवारिक संबन्ध रहेको छ ।
ड्यालसमा प्रतिष्ठित व्यबसायीका रूपमा परिचित पाण्डेले उक्त ग्यास स्टेशन सन् २०११ देखि सञ्चालन गर्दै आएका थिए । मृतककी पत्नी गर्भवती छिन् ।
ग्यास स्टेशनमा कार्यरत रहेकै अवस्थामा दुई वर्ष अघि टेक्ससकै डेन्टनमा नेपाली समिरा शिवाकोटीको हत्या भएको थियो । पछिल्लो समयमा ड्यालस र वरपर ग्याँस स्टोरमा लुटपाट बढ्दै गएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी