Skip to content
LAXMI SUNRISE BANK

अनिल शाह नबिल पनि जान नपाउने संकेत, राष्ट्र बैंकका २ सर्कुलरलाई टेकेर शाहविरुद्ध मुद्धा हाल्ने भित्री तयारी !

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – नेपाल राष्ट्र बैंकले ‘कुलिङ पिरियड’ को नीति ल्याएको अघिल्लो दिननै नबिल बैंकले अनिल शाहलाई नियुक्त गर्ने निर्णय गरिसकेको र राष्ट्र बैंकको सकुर्लरले समेत यसभन्दा अघि भएका नियुक्तिबारे केहि पनि नबोलेको भन्दै नबिल बैंकका केहि सञ्चालकहरुले अनिल शाहलाई तत्काल बैंकमा जागिर खुवाउन लविङ सुरु गरेका छन् । उनलाई बैंकले फाल्गुन ५ गतेदेखि नबिलको सीइओ हुनेगरी नियुक्त गरेको छ । 
तर ‘कुलिङ पिरियड’को नीति आएपछी त्यसको कार्वानयन हुने हो भने अनिल शाह ५ गतेदेखि नबिल जान पाउने छैनन् । यहि विषयलाई लिएर यसअघि भएका नियुक्तिका लागि यो नियम लागु हुने छैन भन्ने स्पष्ट सर्कुलर जारी गर्न दवाव दिंदै नबिलको एक जत्था राष्ट्र बैंकलाई ‘प्रेसर’ दिइरहेको स्रोतको दावी छ । यता कुलिङ पिरियड नीतिका कारण शाह ६ महिनासम्म अर्को बैंक जान नपाउने र राष्ट्र बैंकको नीति अनुसार ३ महिनाभन्दा बढी सीइओको पद खाली राख्न नपाइने नियमलाई टेकेर शाहलाई नबिल आउन नदिनेहरु सल्बलाईरहेका छन् ।  
अनिल शाहविरुद्ध नबिलभित्र मुद्धा हाल्नेसम्मको तयारी !
यता अनिल शाहलाई नबिल आउन नदिनेहरुको चलखेल पनि कम्ती छैन । राष्ट्र बैंकले कुलिङ पिरियडको नीति ल्याएपछी ६ महिनासम्म कुनै पनि सीइओ अर्को बैंकमा जान पाउने छैनन् भने कुनै पनि बैंकले तीन महिनाभन्दा बढी सीइओको पद खाली राख्न पाउने पनि छैन । मेगा छाडेका दिनदेखि गन्ने हो भने अनिल शाह असारदेखि मात्र नबिलको सीइओ हुन पाउँछन् । 
तर फाल्गुन ५ गतेदेखि नै अनिल शाहको नियुक्ति भएकाले शशीन जोशीले त्यस मिति अगावै बैंकबाट औपचारिक विदा लिनेछन् । उनले यसअघि पनि मिति नै तोकेर राजीनामा दिइसकेका छन् । यसरी हेर्ने हो भने  बैसाख अन्तिमसम्ममा नबिलले नयाँ सीइओ पाउनुपर्छ । यहि कुरालाई कडी बनाएर अनिल शाहलाई नबिल आउन नदिने र यो नियम मिचिएको खण्डमा अनिल शाहलाई मुद्धा नै हाल्ने तयारीसमेत नबिलभित्रका केहि उच्च अधिकारीहरुले गरिसकेका छन् । अनिल शाह नबिल आएको खण्डमा नबिल अव मेगा जस्तै तहसनहस हुने उनीहरुको दावी छ ।      
अनिल शाहलाई जसरी पनि नबिल ल्याउनेहरुको यस्तो रुवावासी !
यसो त कुलिङ पिरियड अनिल शाहको हकमा पनि लागु भएको खण्डमा पनि उनी केहि समयपछि नबिल आउने नै छन् । शशीन जोशीको औपचारिक विदाई पनि भएको छैन । तर अनिल शाह नआए जहाज नै डुब्न लागेको जस्तो गरी नबिलका केहि सञ्चालकहरु अनिल शाहको पक्षमा राष्ट्र बैंकलाई नै प्रेसर दिन थालेपछि नबिलभित्र केहि पाकी पो रहेको छ कि भन्ने शंका उब्जिएको छ । 
‘कतै केहि गलत काम गरिहाल्नु पर्ने पो भएर हो कि ?’ स्रोत भन्छ, ‘अस्वाभाविक रुपमा जसरी अनिल शाहलाई आज नै, भोलि नै नबिल ल्याउनुपर्ने भन्दै केहि सञ्चालकहरुले लविङ गरेका छन् त्यसले अनेकौं शंकाहरु जन्माएको छ । यसअघि पनि सञ्चालकले भनेको नमानेको भन्दै सञ्चालकहरुले अत्याधिक प्रेसर दिएपछि शशीन जोशीले बैंक छाड्ने निर्णय गरेका थिए । यसैबीच अनिल शाहलाई जसरी पनि तत्काल नबिल ल्याउनुपर्ने भन्दै केहि सञ्चालकले राष्ट्र बैंकका उच्च तहका कर्मचारी समक्ष ‘रुवावासी’ नै गरेको खबरपछि नबिलभित्र केहि गलत त हुँदै छैन भन्ने शंका पनि जन्माएको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK