×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भारतमा जन्मिएको खुलासा भएपछि विवादमा अनुराधा कोइराला, प्रदेश प्रमुख पद खोसिने पक्कापक्की !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

भारतमा जन्मिएको खुलासा भएपछि विवादमा अनुराधा कोइराला, प्रदेश प्रमुख पद खोसिने पक्कापक्की !

Artha Sarokar

३ माघ २०७४, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ- प्रदेश प्रमुख घोषणा भएको केहि समय नबित्दै अनुराधा कोइराला विवादमा मुछिएकी छिन । शेरबहादुर देउवा नेतृत्वको सरकारले माइती नेपालकी अध्यक्षसमेत रहेकी कोइरालालाई प्रदेश नम्बर ३ को प्रमुखमा प्रस्ताव गरेपछि विवादमा तानिएकी हुन् ।
सात प्रदेशमध्ये प्रदेश तीनकी प्रमुखका रुपमा नियुक्ति गर्ने सरकारका तयारीबीच उनीमाथि अङ्गीकृत नागरिक भएको आरोप लागेको हो । उनको जन्म भारतको कालिङपोङमा भएको थियो ।   अप्रिल १४, सन् १९४९ मा उनी भारतमा जन्मिएकी थिइन् । नेपालको संविधान २०७२ को धारा २८९ मा राष्ट्रपति, प्रधानमन्त्रीसहित ९ पदमा अंगीकृतलाई सधैंका लागि रोक लगाइएको छ ।‘पदाधिकारीको नागरिकतासम्बन्धी विशेष व्यवस्था’ अन्तरगत नयाँ संविधानको धारा २८९ को उपधारा (१) मा यस्तो भनिएको छ, ‘राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रदेश प्रमुख, मुख्यमन्त्री, प्रदेशसभाको सभामुख र सुरक्षा निकायको प्रमुखको पदमा निर्वाचित, मनोनित वा नियुक्त हुन वंशजको आधारमा नेपालको नागरिकता प्राप्त गरेको हुनु पर्नेछ ।’ 
यहि कारणपनि उनको प्रदेश प्रमुख पद खोसिने पक्कापक्की भएको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रदेश प्रमुखमा नियुक्तिकालागि अनुराधाले वंशजकै नागरिकता पेश गरेको जनाएको छ । यदी त्यसो हो भने उनको नागरिकता पनि किर्ते हुन सक्नेसमेत आशंका गरिएको छ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी