
- एसपी ‘सुमन’
अचम्म छ देश, अनि अचम्म छ हाम्रो कानुन ! जहाँ जसले जे गर्न पनि मिल्दो रहेछ सायद, पैसा र पावर पुगेपछि । ठुलालाई चैन र सानालाई ऐन छ यो मुलुकमा । र मनपरी छ जताततै । एउटा आम विद्यार्थीले माथिल्लो तहमा भर्ना हुने क्रममा तल्लो तहको प्रमाणपत्र पेस गर्नुपर्छ । तर यहाँ मनपरी चल्दो रहेछ पावर भएपछि ।
ठुलाबढालाइ कानुन पनि नलाग्ने रहेछ । अझै उनीहरु आफैं कानुनको फैसला गर्ने ठाउँमा पुग्दा रहेछन् । पावर भएपछि ४ वटी विवाह गर्न पनि छुट रहेछ । २०३१ सालमा नेपाल ल क्याम्पसमा प्रमाणपत्र तह (आईएल) मा भर्ना भएका सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश गोपाल पराजुलीको कक्षा रोल नम्बर ११८ हो । विद्यार्थीको नाम, ठेगाना, जन्ममिति र पिताको नामलगायत व्यक्तिगत विवरणको अभिलेख हुने रजिस्ट्ररमा उनीसहित अन्य चार जना विद्यार्थीको विवरण छोपिएको छ । यस्तो गर्नेलाई किन कारवाही हुँदैन ? जे गरेपनि हुने हो पैसा भएपछि यो देशमा ? के कानुन सानालाई मात्र हो ?
सुन्नमा आएको कुरा हो, नेपाल ल क्याम्पसमा उनका अन्य कागजात रहे पनि एसएलसी प्रमाणपत्रको छैन । अव के एसएलसी पास नगरी पनि पैसा भएपछि सर्टिफिकेट पाइने हो ? माथिल्लो तह पढ्न पाइने हो ? यदि हो भने किन लिने एसएलसीको परिक्षा ? किन गर्ने दुख ?
भन्नलाई त कति सजिलो छ, ‘सर्टिफिकेट हरायो। ‘ एक ठाउँमा त हरायो होला कतै पनि नहुने पनि हुन्छ र ? यसो त २०७३ पुस १ मा न्यायपरिषद् अध्यक्ष तथा प्रधानन्यायाधीश सुशीला कार्कीले ‘न्यायाधीश पराजुलीको शैक्षिक योग्यताका प्रमाणपत्रहरू परिषदको अभिलेखमा नरहेकाले एक साताभित्र मागेर राख्न’ तत्कालीन सचिव कृष्ण गिरीलाई आदेश दिइन् । आदेशमा भनिएको थियो, ‘न्यायाधीशहरूको एसएलसीदेखि सबै तहको शैक्षिक योग्यता तथा नागरिकताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपि अनिवार्य पेस गर्न लगाउनू ।’ तर हालसम्म पनि न्यायपरिषदकै वरिष्ठतम सदस्य रहेका पराजुलीको एलएलसीको प्रमाणित प्रतिलिपि न्यायपरिषद्मा पेस गरेका छैनन् । के उनलाई गर्न पनि छुट हो ?
देशमा बहुविवाह सम्बन्धि कानुन छ । के त्यो कानुन सबैले मान्नु पर्दैन ? सर्टिफिकेट हरायो भनेर सुख पाइन्छ र ?कोहि त बोल्नु नै थियो राजा नाङ्गो छ भनेर । गोबिन्द केसीले त्यो बालकको भूमिका निर्वाह गरेका छन् । अव हरेक नागरिकले भन्नुपर्छ, ‘४ वटीको पोइ ! एसएलसीको सर्टिफिकेट खोइ ?’ त्यतिमात्र होइन कुन दिनदेखि बच्चाले पढ्न सक्छन्, ‘क बाट कछुवा, ख खरायो, एसएलसीको सर्टिफिकेट कता हरायो ?
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्