
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – दुई पार्टी एकतापछिको सांगठनिक संरचनाका विषयमा छलफल गर्न एमाले र माओवादीले सोमवार आन्तरिक बैठक डाकेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आइतबार साँझ ओली निवास बालकोटमा भएको छलफलपछि दुवै पार्टी संगठन समायोजनको विधि र कार्यदल निर्माण गर्न आन्तरिक छलफलमा जुटेका हुन् ।
ओली र प्रचण्डबीच आइतबार भएको भेटमा पार्टी एकताको संगठनात्मक ढाँचा तथा वैचारिक राजनीतिक दिशा तय गर्न दुवै पार्टीका नेता सम्मिलित अलग अलग कार्यदल बनाउने समझदारी भएको थियो । सोही समझदारीलाई औपचारिकता दिन दुवै पार्टीको बैठक बस्न लागेको हो । एमालेले सोमबार दिउसो २ वजे स्थायी समिति बैठक डाकेको छ भने माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पनि पार्टीका नेताहरूसँग आन्तरिक छलफलमा छन् ।
दिउसो दुई बजे अध्यक्ष ओलीको निवास बालकोटमा बस्ने बैठकले नेकपा माओवादी केन्द्रसँग पार्टी एकताको लागि संगठनात्मक ढाँचा तथा वैचारिक राजनीतिक विषयमा छलफल हुने एमाले नेताहरुले वताए । ‘बैठकले संगठनको ढाँचा र सिद्धान्तका विषयमा छलफल गरी त्यसको टुंगो लगाउन एकता संयोजन समितिलाई म्याण्डेट दिने छ’ ती नेताले भने ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्