Skip to content
LAXMI SUNRISE BANK

बैंक अफ काठमाण्डूका दुई नयाँ शाखाको औपचारिक उद्घाटन सम्पन्न

अर्थ सरोकार

बैंक अफ काठमाण्डू लि.ले आफ्नो सेवा तथा सुविधाहरुलाई थप विस्तार गर्ने उद्देश्यले ७६ औं शाखा कार्यालय गल्छी र ७७ औं शाखा कार्यालय मिर्चैयाको औपचारिक उद्घाटन गरेको छ ।
विहीबार (माघ ११ गते) गल्छी शाखा कार्यालय बैंकका संचालक राधेश पन्त तथा गल्छी गाउँपालिकाका अध्यक्ष कृष्णहरी श्रेष्ठले र मिर्चैया शाखा कार्यालय बैंकका संचालक गोविन्द प्रसाद शर्मा रेग्मी, मिर्चैया उद्योग वाणिज्य संघका अध्यक्ष, हरिशंकर शाह तथा सम्माननीय राष्ट्रपतिका निजी सचिव जीवच्छ शाहले संयुक्त रुपमा उद्घाटन गरे । यस शाखा कार्यालयहरुबाट सम्पूर्ण बैंकिङ्ग सुविधाहरु प्राप्त गर्न सकिने बैंकले जानकारी गराएको छ ।
आर्थिक वर्ष २०७४/२०७५ को प्रथम त्रैमासिकको अन्त्यसम्म बैंकले कुल निक्षेप रु.६९.१५ अर्ब परिचालन गरी कुल कर्जा रु. ६२.३३ अर्व प्रवाह गरेको छ । हाल बैंकले ७७ शाखा, ६७ एटिएम, ८ वटा एक्टेन्सन् काउण्टर तथा १७ शाखा रहित बिन्दुहरुबाट आप्mनो ग्राहक वर्गलाई सम्पूर्ण बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

GARIMA BIKAS BANK