Skip to content
LAXMI SUNRISE BANK

बैंक अफ काठमाण्डूद्धारा दुई शाखा विस्तार

अर्थ सरोकार

बैंक अफ काठमाण्डू लिमिटेडले आफ्नो सेवा तथा सुविधाहरुलाई थप विस्तार गर्ने उद्देश्यले बिराटचोक तथा इमाडोलमा आफ्नो शाखा कार्यालयको औपचारिक उद्घाटन गरेको छ ।
विराटचोक शाखा कार्यालय मिति २०७४/०९/२६ गते बैंकका संचालक प्रा.डा. हेमराज सुबेदी, मध्यप्रदेश सभाका राजकुमार ओझा तथा उद्योग वाणिज्य संघ सुन्दर हरैचाका अध्यक्ष नवराज चापागाईँको उपस्थितमा उद्घाटन गरिएको हो । त्यस्तैगरी इमाडोल शाखा कार्यालय मिति २०७४/०९/२६ गते बैंकका संचालक संजय बहादुर शाह तथा महालक्ष्मी नगरपालिका वडा नं. १ का वडा अध्यक्ष नन्द कुमार न्यौपानेको उपस्थितमा गरिएको हो । यी शाखा कार्यालयबाट सम्पूर्ण बैंकिङ्ग सुविधाहरु प्राप्त गर्न सकिने बैंकले जानकारी गराएको छ ।
आर्थिक वर्ष २०७४/२०७५ को प्रथम त्रैमासिकको अन्त्यसम्म बैंकले कुल निक्षेप रु.६९.१५ अर्ब परिचालन गरी कुल कर्जा रु. ६२.३३ अर्व प्रवाह गरेको छ। हाल बैंकले ७५ शाखा, ६७ एटिएम, ८ वटा एक्टेन्सन् काउण्टर तथा १७ शाखा रहित बिन्दुहरुबाट आप्mनो ग्राहक वर्गलाई सम्पूर्ण बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ । 
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

GARIMA BIKAS BANK