
काठमाडौं – विवेकशील साझा पार्टीले नेपाल–भारत सीमामा भैरहेको सीमा सर्वेक्षणबारे हालसम्मको कार्यप्रगति समग्र देशवासीलाई जानकारी गराउन सरकारसँग आग्रह गरेको छ । आज एक विज्ञप्ति जारी गर्दै सो पार्टीले नेपाल सरकारसँग सो आग्रह गरेको हो । पार्टी प्रवक्ता रमेश पौडेलले आज एक विज्ञप्ति जारी गर्दै पर्सा जिल्लाको वीरगञ्ज नगरपालिकास्थित नेपाल–भारत सीमामा नेपाली पक्षको ३० विघाभन्दा बढी जमिन मिचिएको भन्ने समाचारबारे समेत गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
विज्ञप्तिमा भनिएको छ,‘सीमामा हराएका र क्षतिग्रस्त पिलरहरुको निर्माण र मर्मतका क्रममा वीरगञ्ज महानगरपालिका–१ छप्कैया क्षेत्रमा स्थानीयबासीको ३० बिघाभन्दा बढी जमिन मिचिएको भन्नेबारे हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।’
विज्ञप्तिमा थप भनिएको छ, ‘नेपाल भारत सीमा सर्वेक्षण टोलीको प्रयासमा भनिएको पिल्लरहरुको निर्माण र मर्मतकार्यको सिलसिलामा सर्वेक्षण कार्यमा प्रयोग भएको प्रविधि, एतिहासिक तथ्य एवम् नापनक्सा साथै हालसम्मको कार्यप्रगतिबारे पनि समस्त देशवासीहरुलाई जानकारी गराउन हामी नेपाल सरकारसँग आग्रह गर्दछौं ।’ सो पार्टीले मुलुकको भौगोलिक अखण्डता, सार्वभौमसत्ता, राष्ट्रिय र स्वाधिनतामा आँच आउने खालका कुनै पनि गतिविधि हुन नदिन नेपाल सरकारलाई दृढ रहने समेत आग्रह गरेको छ ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्