
हुम्ला – चामल बोकेर हुम्ला तिर प्रस्थान गरेका ६० खच्चडलाई विप्लवका कार्यकर्ताले आफ्नो नियन्त्रणमा लिएका छन् । स्थानीय तहले बाटोबाटोमा कर उठाउन थालेपछि मुगु र हुम्लाको सिमनामा पर्ने चंखेलीमा हुम्लाको लागि नेपाल खाद्य संस्थानको चामल बोकेका खच्चडलाई रोकेको हो ।
स्थानीय करको नाममा मुगुमा प्रति किलो ३० रुपैयाँ र चंखेलीले गाउँपालिकाले २० रुपैयाँ उठाउन थालेपछि नेकपाका कार्यकर्ताहरुले खच्चरलाई रोकेका हुन् । त्यसैगरी जति स्थानीय तह बाटोमा छन् ती सबैले अाफू खुशी कर उठाउन थालेका छन् ।
बाटोबाटोमा कर उठाउन थालेपछि चामल सर्वसाधारणले किनेर खान नसक्ने गरी महंगो हुने बताउँदै विप्लवका कार्यकर्ताले बाटोबाटोमा उठाउने कर नलिने प्रतिवद्धता नगरेसम्म खच्चर नछोड्ने बताएको छ । नेकपाले जनताको ढाड सेक्नेगरी स्थानीय कर वृद्धि गरेको भन्दै विरोध गरिरहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्