×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

वीरगञ्जलाई राजधानी बनाए मुख्यमन्त्रीका लागि एक करोड ५६ लाखको गाडी तयार !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

वीरगञ्जलाई राजधानी बनाए मुख्यमन्त्रीका लागि एक करोड ५६ लाखको गाडी तयार !

१७ माघ २०७४, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

वीरगञ्ज – वीरगञ्जवासीहरुले अनौठो निर्णय सार्वजनिक गरेका छ । लामो समयदेखि वीरगञ्जलाई प्रदेश नम्बर दुईकाे राजधानी माग गर्दै आन्दोलनमा उत्रिएका वीरगञ्जवासीले प्रादेशिक राजधानी बनाए मुख्यमन्त्रीका लागि एक करोड ५६ लाखको गाडी दिने बताएका छन् ।
वीरगञ्जको घण्टाघरमा जारी रिले अनसनस्थलमा १ करोड ५६ लाख रुपैयाँ पर्ने गाडी सार्वजनिक गर्दै यस्तो बताइएको हो । संर्घष समितिका सदस्य एवं नेसनल मेडिकल कलेजका प्रबन्धक बसरुदिन अन्सारीले यसअघि नै वीरगञ्जलाई प्रदेश नं. २ को प्रादेशिक राजधानी बनाएको खण्डमा मुख्य मन्त्रीलाई चढ्न गाडी दिने घोषणा गरेका थिए ।
बुधबार दिनभर १ करोड ५६ लाख मुल्य पर्ने बा १८ च ९७३४ नम्बरको पजेरो अनसन स्थलमा राखेर प्रदर्शन गरिएको थियो । गाडी दिने घोषणा गरेका अन्सारीले वीरगञ्जले देशलाई नै थेग्ने हैसियत राख्ने बताउँदै मुख्यमन्त्रीको लागि गाडी उपलब्ध गराउनु ठूलो कुरा नभएको प्रतिक्रिया दिए ।
वीरगञ्जलाई प्रादेशिक राजधानी घोषणा गरिए मुख्यमन्त्री, मन्त्रीहरुका लागि क्वार्टर र मन्त्रालय सञ्चालनको लागि संघर्ष समितिले थप सेवा सुबिधाको व्यवस्था मिलाउने संघर्ष समितिका प्रवक्ता ओमप्रकाश सर्राफले जानकारी दिए ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी