Skip to content
LAXMI SUNRISE BANK

बैंक अफ काठमाण्डूको शाखा निजगढमा

अर्थ सरोकार

बैंक अफ काठमाण्डू लि.ले आफ्नो सेवा तथा सुविधाहरुलाई थप विस्तार गर्ने उद्देश्यले निजगढमा आफ्नो शाखा कार्यालयको औपचारिक उद्घाटन गरेको छ । सो शाखा कार्यालयको मिति २०७४/०९/२५ गते बैंकका संचालकसौरभ के.सी., निजगढका मेयर सुरेश खनाल तथा निजगढ उद्योग वाणिज्य संघका अध्यक्ष रवि कुमार बर्ताैलाबाट संयुक्त रुपमा उद्घाटन गरे । यस शाखा कार्यालयबाट सम्पूर्ण बैंकिङ्ग सुविधाहरु प्राप्त गर्न सकिने बैंकले जानकारी गराएको छ ।
आर्थिक वर्ष २०७४/२०७५ को प्रथम त्रैमासिकको अन्त्यसम्म बैंकले कुल निक्षेप रु.६९.१५ अर्ब परिचालन गरी कुल कर्जा रु. ६२.३३ अर्व प्रवाह गरेको छ। हाल बैंकले ७५ शाखा, ६७ एटिएम, ८ वटा एक्टेन्सन् काउण्टर तथा १७ शाखा रहित बिन्दुहरुबाट आफ्नो ग्राहक वर्गलाई सम्पूर्ण बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

GARIMA BIKAS BANK