
बुम रेमिट्यान्स प्रा. लि. ले २०७४ साल भाद्र २८ गतेबाट संचालन गरेको बुम रेमिट बम्पर उपहार लालप्रसाद भुषालले पाएका छन् । ओमानको ग्लोबल मनि एक्स्चेन्जबाट गत मंसिर २० गते आफ्नो नातेदार सिता देवी भुसाललाई ७३ हजार पाँच सय २१ रुपैयाँ ३० पैसा पठाएपावत लाल प्रसाद भुसाल लक्की ड्रमा विजेता घोषित भएका हुन् । बम्पर उपहारको रुपमा भुसालले ३२ इन्चको एलईडी टिभी जितेका छन् । लक्की ड्रमार्फत मंगलबार विजेता घोषणा गरिएको हो ।
उक्त उपहार योजनामा सयौं ग्राहकहरुले टिर्सट, घडी र स्कुल व्याग समेत प्राप्त गरेका छन् । उपहारको नतिजा बुम रेमिटको विदेश स्थित प्रतिनिधिहरु मार्फत उपलब्ध गराइने बुम रेमिटका प्रबन्ध निर्देशक धिरेन्द्र पन्तले जानकारी दिए । यो योजनामा बुम रेमिट सेवा लिने हजारौं ग्राहक आकर्षित भई निकै सफल भएकोले आगामी दिनमा पनि निरन्तरता दिने बताइएको छ ।
बुम रेमिट्यान्सको नेपालमा ७५ वटै जिल्लामा ४००० वटा भन्दा बढि प्रतिनीधीहरु छन् । हाल बुम रेमिट्यान्सले खाडि मुलूक तथा हङ्गकङ्गबाट रेमिट्यान्सको कारोवार गर्दै आएको छ र चाडैनै मलेसिया, साउदी अरब, कोरीया, तथा अन्यमुलुकहरुबाट समेत कारोवार सुरु गर्ने जनाएको छ ।
आन्तरिक संञ्जाललाई तिब्र रूपले विस्तार गर्दै आएको बुम रेमिटले विदेशमा पनि आफनो संञ्जाललाई तिब्र रूपले विस्तार गर्दै जाने रणनिति बुम रेमिटले लिएको छ । कम्पनीका प्रबन्ध निर्देशक पन्तका अनुसार बुम रेमिटले विभिन्न बैंकहरूस‘ग सहर्काय गरि विदेशमा समेत बजार प्रर्वद्धन गरि नेपाली कामदारहरूको विदेशबाट नै खाता खोल्ने प्रवन्ध मिलाएको छ । बुम रेमटले हुन्डी कारोबारलाई निरूत्साहित गर्न नेपाल र विदेशमा वैकिङ साक्षरता कार्यक्रम समेत गर्दै आएको पन्तले बताए । उनी “नेपाल श्रमिक विप्रेषण बोर्ड” गठन गरि विपे्रषणको रकमलाई राष्ट्र विकासमा लगाई समृद्ध नेपाल सृजना गर्नुपर्ने धारण राख्छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्