
काठमाडौं – नेपालको जलविद्युत क्षेत्रमा चिनियाँ कम्पनीको २० अर्व रुपैयाँ थप लगानी हुने भएको छ । हाइड्रो चाइना कर्पाेरेशनले रसुवाको माथिल्लो त्रिशुली २ मा २० अर्ब ३८ करोड रुपैयाँ लगानी गर्ने भएको हो ।
उक्त कम्पनीले उद्योग विभागमा वैदेशिक लगानी स्वीकृतिका लागि प्रस्ताव पेश गरेको छ । रसुवाको गोसाईं कुण्ड गाउँपालिका ५ र पार्वतीकुण्ड गाउँपालिका २ र ४ स्थित त्रिशुली नदीमा १०२ मेगावाट क्षमताको विद्युत आयोजना निर्माण गर्ने प्रस्तावमा उल्लेख छ ।
लगानी स्वीकृत भए लगत्तै काम अघि बढाउने उक्त कम्पनीले बताएको छ । सरकारले भने उद्योग प्रवद्र्धन बोर्डको बैठक बस्न नसकेको भन्दै प्रस्ताव स्वीकृत गर्न ढिलाई गरेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्