Skip to content
LAXMI SUNRISE BANK

सिटिजन्स बैंकद्वारा जेष्ठ नागरिकलाई खाना प्रदान

अर्थ सरोकार

काठमाडौँ – ‘योर पार्टनर फोर प्रोग्रेस’ भन्ने नारालाई शिरोधार्य गरी अनवरत रूपले नेपाली जनताको घरदैलोमा बैंकिंग सेवा पुर्याउँदै आएको यस सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले राजधानीको मीनभवनस्थित निसहाय सेवा सदन जेष्ठ नागरिक आवास गृहका ४० भन्दा वढी वृद्धवृद्धालाई खाना सहयोग गरेको छ । 
 स्थापनाकाल देखि नै बैंकले आफ्नो बार्षिक उत्सवको उपलक्ष्यमा जेष्ठ नागरिकलाई खाना प्रदान गर्दै आएको छ । यसैको निरन्तरता स्वरूप यस वर्ष पनि बैंकले उक्त कार्यक्रम संचालन गरेको छ । बैंकले देखाएको यस अग्रसरताले जेष्ठ नागरिकको सामाजिक संरक्षण हुने कुरा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत तथा प्रवक्ता श्री गणेश राज पोखरेलले जानकारी गराउनु भएको छ ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK