Skip to content
LAXMI SUNRISE BANK

सिटी एक्सप्रेस र सिगे मनी ट्रान्सफर ग्लोबलबीच सेवा थालनी

अर्थ सरोकार

काठमाडौं – लण्डनको ख्यातिप्राप्त रेमिट कम्पनी सिगे मनी ट्रान्सफर र सिटी एक्सप्रेस मनी ट्रान्सफर बिच रेमिटान्स सेवा सुरु भएको छ ।
सिगे मनी ट्रान्सफरको विश्वभरी १३० भन्दा बढि देशहरुमा आफ्नै सञ्जाल छ साथै ९० हजारभन्दा बढी एजेन्ट लोकेशन्ाहरु छन् । यो सेवा सुरु भएपछि युरोप हुादै अन्य देशहरुबाट सिगे मनी ट्रान्सफरले सिटी एक्सप्रेस मनीे ट्रान्सफर मार्फत नेपालको कुनै पनि बैंकको खातामा रकम जम्मा गर्न वा रकम प्रवाह गर्न सकिने जानकारी सिगेका प्रेसिडेन्ट जोसेफ अगिलरले दिए ।
यो सम्झौतामा सिटी एक्सप्रेसको तर्फबाट सिटी एक्सप्रेसका प्रबन्ध निर्देशक चन्द्र टण्डनले र सिगे मनी ट्रान्सफरबाट पे्रसिडेन्ट जोसेफ अगिलरले हस्ताक्षर गरे । सिगेका प्रेसिडेन्ट जोसेफ अगिलरले सिटी एक्सप्रेससाग रेमिटान्स सम्झौता भएकोमा खुशी ब्यक्त गर्दै आगामी दिनहरु मा पनि सिटी एक्सप्रेससाग नयाा सहकार्य गर्दै जाने बताए ।
सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आˆनो छट्टै पहिचान बनाउदै विगत ११ वर्ष देखि विदेशबाट पठाएको रकम आफ्ना ५००० भन्दा बढी नेपालका एजेन्टहरु मार्फत भुक्तानी प्रदान गर्दै आइरहेको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK