×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सिभिल बैंकमा खाता हुनेहरु होसियार ! ग्राहकको खाताबाट ४० लाख रुपैयाँ चोरी भएको पुष्टी !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- के तपाईंको सिभिल बैंकमा खाता छ ? त्यसमा पनि सिभिल बैंकको बौद्ध साखमा खाता छ ? यदी छ भने आफ्नो खाताबारे बैंकसँग जानकारी लिइहाल्नुहोस्, किनकि सिभिल बैंकको बौद्ध साखाका ग्राहकहरुको एकाउन्टबाट करिव ४० लाख चोरी भएको पुष्टी भएको छ ।ग्राहकको इन्टरनेट बैंकिङको पासवर्ड चोरी गरेर बैंकका कर्मचारी महेश्वर डंगोलले ठुलो रकम हिनामिना गरेको पुष्टी भएपछि प्रहरीले उनलाई पक्राउ गरेको छ । सिभिल बैंकको बौद्ध शाखाका अप्रेसन इन्चार्ज समेत रहेका महेश्वर डंगोलले सिभिल बैंकमै रहेको आफ्नो खातामा ग्राहकको रकम चोरी गर्ने र त्यहाँबाट अर्कै बैंकमा रहेको खातामा सार्ने गरेको पुष्टी भएपछि उनलाई पक्राउ गरिएको हो । 
जोखिम बन्दै सिभिलसँगको कारोबार !
डंगोलले आफ्नो खाताबाट सनराइज बैंकमा रहेको आफ्नै खाता र केही आफन्तको खातामा रकम ट्रान्सफर गरेका थिए । वित्तीय हिसावले सिभिल बैंकलाई सबैभन्दा थर्ड क्लास बैंकको रुपमा लिने गरिएको छ । बैंकभित्र थुप्रै काण्डहरु पटक पटक गरी थुप्रै पटक घटीसकेका छन् । अरु त अरु, बैंकका सीइओ नै विभिन्न घोटालामा संलग्न भएको खबर पटक पटक बाहिर आउने गरेको छ । स्मरण रहोस केहि समय अघिमात्र यो बैंकले उत्कृष्ट रोजगारदाता ब्राण्ड अवार्ड र लिडरशीप एकसीलेन्सी अवार्ड पनि हात पारेको थियो । तर उक्त अवार्ड १ लाख रुपैयाँ दिएर बैंकले किनेको खुलासासमत भएको थियो । यो घोटाला प्रकरणसँगै सिभिलसँगको कारोबार जोखिमयुक्त भएको विश्लेषण जानकारहरुले गरेका छन् ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: