×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिभिल बैंकको शाखा मोरङको बिराटचोकमा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

सिभिल बैंकको शाखा मोरङको बिराटचोकमा

Artha Sarokar

२३ पुष २०७४, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – सिभिल बैंक लिमिटेडले मोरङको बिराटचोकमा शाखा संचालनमा ल्याएको छ । बैंकको मर्जरबाट प्राप्त भएको शाखा सहित ईटहरीमा भएको दुई शाखामध्येको एक शाखालाई स्थानान्तरण गरी बिराटचोकमा संचालनमा ल्याएको बैंकले जनाएको छ । एक कार्यक्रमकाबीच सिभिल बैंकका संचालक प्रा.डा. रमेश दाहालले उक्तशाखाको उद्घाटन गरे ।
उक्तशाखाको उद्घाटन समारोहमा बैंकका प्रमुखकार्यकारी अधिकृत तथा सो क्षेत्रका उद्योगी व्यवसायीलगायत विशिष्ट ब्यक्ति तथा सर्वसाधरणको बाक्लो उपस्थिति थियो ।
सिभिल बैंकले सामाजिक उत्तरदायित्वको वहनसंगसंगै आफ्ना ग्राहकवर्ग तथा अन्य सम्पूर्ण सरोकारवालाहरुको हितलाई ध्यानमा राखी आफ्ना सेवा सुविधालाई परिस्कृत गर्दै लैजाने र आफ्नो पहुँचलाई विस्तार गर्दै व्यवसाय अभिवृद्वि गर्दै जाने कुरा बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले बताए ।
चालु आर्थिक वर्षको प्रथम चौमासमा रु ११ करोड ३३ लाख (जुनपहिलो वर्षको यसै अवधिको तुलनामा ६७९.१८% को बृद्धी हो) खुद नाफा कमाउन सफल भएको यस बैंकले शेयर धनीहरुलाई ४०% हकप्रद शेयरको निस्कासन गरीसकेको छ । हकप्रद शेयर वितरण पश्चात बैंकको पुँजीकोषमा रहेको रकम र गतआ.व.को नाफाबाट बैंकको चुक्तापुँजी रु ८ अर्बपु¥याउने योजना रहेको छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी