×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

राष्ट्र बैंक र बाफियामाथि ‘अयोग्य’ सञ्चालकको ‘च्यालेन्ज’, कार्यकाल सकिँदा पनि सीएन पाण्डेले पद छोडेनन् !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

राष्ट्र बैंक र बाफियामाथि ‘अयोग्य’ सञ्चालकको ‘च्यालेन्ज’, कार्यकाल सकिँदा पनि सीएन पाण्डेले पद छोडेनन् !

Artha Sarokar

७ माघ २०७४, आईतवार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ- मेगा बैंकका ‘अयोग्य’ ठहरिएका संचालक सीएन पाण्डे आफ्नो कार्यकाल सकिँदा पनि पदमै बसीरहेका छन् । गत पुष २८ गते उनको कार्यकाल सकिएको भएपनि अर्कोपटक कुनै बैंकको संचालक हुन पाउने लोभमा उनी राष्ट्र बैंकले तोकेको ५ बर्षे बैंकिङ अनुभव पुर्याउनकै लागि पदालोपुताको पराकाष्टा देखाउँदै पदमा बसीरहेका छन् । 
उनको पढाइ र योग्यता नपुगेका कारण उनी मेगामा संचालक हुन अयोग्य भएका थिए । नियम अनुसार बैंकको संचालक हुन कि स्नातकोत्तर पढेको हुनुपर्छ, कि ५ बर्ष बैंकिङ अनुभव पुगेको हुनुपर्छ । तर उनको पढाइ र अनुभव दुवै पुग्दैन । पढेर माष्टर्स सक्ने हति नभएपछी जवर्जस्ती ५ बर्षको अनुभव पुर्याउन उनी बैंकमा बसीरहेको उनी निकटहरु बताउँछन् । उनको ४ बर्षको अनुभव पुगेको छ भने एक बर्ष थप अनुभव पुर्युना उनले बाफिया र नेपाल राष्ट्र बैंकलाई समेत ‘च्यालेन्ज’ गरिरहेका छन् ।
उनले जवर्जस्ती ५ बर्ष अनुभव पुर्याएको खण्डमा उनी अरु बैंकमा पनि संचालक हुन पाउँछन् । तर उनले अहिले राजीनामा नदिएको खण्डमा स्नातकोत्तर उतिर्ण नगरेसम्म उनी कुनै पनि बैंकको संचालक हुन पाउने छैनन् । यहि कारणपनि उनी जवर्जस्ती नेपाल राष्ट्र बैंकका उच्च अधिकारीहरुलाई समेत आर्थिक प्रलोभनमा पारेर बैंकमा बसीरहेको मेगा बैंककै अन्य संचालकहरुको दावी छ ।
यसो त उनी नै मेगामा कलहका बिउ बन्ने गरेको आरोप अन्य संचालकहरुको छ । उनको योग्यताको विषयलाई नै लिएर मेगामा पटक पटक लफडा हुने गरेको छ भने उनको यस्तै व्यवहारका कारण गत नाट्टाको चुनावमा पनि उनले ६ भोट अन्तरले मात्र चुनाव जितेका थिए । पर्यटन व्यवसायीहरुका विभिन्न संगठन मध्येको पुरानोमध्येको एक संगठन नाट्टामा बामपन्थीहरुको ठुलै बहुमत भएपनि सीएन पाण्डेले संगठन सिध्याउने भन्दै उनलाई आफ्नै पार्टी निकटकाले भोट नदिंदा उनलाई चुनाव जित्न हम्मे हम्मे परेको थियो । उनकै कारण पनि मेगाका हरेकजसो बोर्ड बैठकमा ठुलै चर्काचर्की हुने गरेको छ । उनको योग्यताको विषयलाई नै लिएर बोर्ड बैठकमा समेत, ‘तँ-तँ र म म’को स्थिति आउने गरेको छ ।
‘यस विषयमा के भन्छन् त सीएन पाण्डे ?’ हामीले यसबारे बुझ्न खोज्दा उनी सम्पर्क बाहिर छन् । उनी निकट स्रोतका अनुसार नाट्टाको चुनाव जितेपछि उनी मुड फ्रेश गर्न काठमाडौँबाहिर छन् । यसो त मेगाका अर्का संचालक दीपेन्द्र अग्रवालको समेत कार्यकाल सकिएको छ । ‘अयोग्य संचालक बसीरहने अनि म लगानीकर्ताको प्रतिनिधि हटे भने त बैंकमा मनपरी चल्छ । यसै पनि बैंकमा फोहोरी खेल छ । संचालकहरुको मनलाग्दी छ । सिएन पाण्डे र अर्का एक संचालकले राजीनामा दिनुपर्ने स्थिति छ । त्यसपछि दीपेन्द्र अग्रवाल एक मिनेट पनि संचालक भएर बस्दैन ।तर पहिला सीएन पाण्डेले राजीनामा दिनुपर्छ ।’ मेगाका अर्का संचालक दीपेन्द्र अग्रवालले भने । उनी भने योग्य संचालक हुन् ।      
यद्यपी निर्वाचित भएकाले अर्को निर्वाचनसम्म पद नछाड्न, अनुभव नपुगेसम्म अर्को निर्वाचन सम्पन्न नगर्न र आफुहरुले राष्ट्र बैंकमा मिलाउनेभन्दै पाण्डे निकट केहि संचालकहरुले मेगामा मनपरी गरिरहेको सञ्चालकहरुकै दावी छ । 
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी