
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – पछिल्लो समय विवादको उत्कर्षमा आएको बैंक हो मेगा बैंक । र मेगाभित्रको कलहका बिउ नै हुन् भन्ने आरोप छ सीएन पाण्डेलाई । मेगाका हरेकजसो विवादमा उनको योग्यताको प्रश्न उठेको थियो । अहिलेपनि उठिरहेको छ । बैंक तथा वित्तीय संस्था ऐन (बाफिया) अनुसार योग्यता नपुगेपनि उनी दादागिरी देखाउँदै पदमा बसीरहेका छन् । यसो त केहि समय अघि उनको ट्राभल एजेन्सी डलर काण्डमा समेत फसेको थियो भने उनीकोसमेत मिलेमतोमा उनका आफन्त संलग्न रहेको साहस उर्जापनि अत्याधिक विवादमा छ । जताततै उनी नेतृत्वमा असफल भएको विश्लेषण गरिएको छ । जताततै उनेको नेतृत्व विवादितमात्र बनेको छ । यहि बेला उनी नाट्टाको अध्यक्षका उम्मेदवार बनेका छन् । उनीबारे केहि त्यस्ता तथ्यहरु पनि छन् जुन जानेर मात्रै भोट हाल्दा बेश नै होला ।
१. चेत नारायण पाण्डे मेगा बैंकमा ‘अयोग्य’ भएर पनि सञ्चालक समितिमा बसेका छन् । उनी यसरी बस्नुको पनि कारण छ । उनको यहि पुष २८ गते मेगाको कार्यकाल सकिंदैछ । तर पेलेरै भए पनि उनी थप केहि समय बैंकमा बसेभने उनको पाँच बर्ष बैंकिङ अनुभव पुग्छ । उनको पढाइ नपुगेकाले उनलाई बैंकको सञ्चालक हुन कम्तीमा ५ बर्षको बैंकिङ अनुभव चाहिएको हो । अनुभव र पढाइ दुवै नभएकाले बैंकमा ‘अयोग्य’ भएका उनले राष्ट्र बैंकका उच्च तहका कर्मचारीहरुलाई समेत प्रभावमा पारेर बैंकमा बसीरहेको आरोप उनीमाथि छ ।
२. उनको योग्यतालाई लिएर नेपाल राष्ट्र बैंक, नेपाल धीतोपत्र बोर्ड, नेप्से, कम्पनी रजिष्ट्रारको कार्यालयमा १५ पाना लामो उजुरी परेको छ । उनलाई मेगा बैंकमा कलहका बिउको रुपमा समेत लिने गरिन्छ । उनको विवाद नभएको भए मेगाभित्र विवादमा आउन लायक अरु थोरै कुरामात्र बाँकी थिए । र उनी सञ्चालक नभएको भए ती विवादहरु पनि सतहमा आउने थिएनन् । यतिसम्म हुँदा पनि लाज नै पचाएर उनी मेगाको सञ्चालक समितिमा बसेको भन्दै उनलाई नैतिकता नभएका बैंकरको आरोप पनि लाग्ने गरेको छ ।
३. उनको समेत मिलेमतोमा उनको परिवारको संलग्नता रहेको साहस उर्जा लामो समयदेखि विवादमा छ । जनताबाट पैसा उठाएर कुनै एक निजी कम्पनीलाई हाइड्रोको ठेक्का दिएर ठुलो रकम कमिसन खाएको भन्दै उनी विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत उजुरी परिसकेको छ ।
४. २०६६ साल बैसाख १३ गते नेपाल राष्ट्र बैंकले उनको कम्पनीलाई अस्थायी विनिमय इजाजत पत्र दिएको थियो । राष्ट्र बैंकले पत्र नम्बर : ट्रा १००६ /२/५६/६६ नम्बरको इजाजत पत्र उनको कम्पनीलाई दिएको थियो । २०६८ फाल्गुन मसान्तसम्म मात्र इजाजत दिएको भएपनि उनले त्यसपछि पनि डलरको अवैध कार्य गरेको भन्दै नेपाल राष्ट्र बैंकमा उजुरी परेको थियो । उनी ट्राभल व्यवसायमा पनि ‘अनैतिक’ काम गर्ने व्यवसायीका रुपमा चिनिन्छन्।
५. मधुसुधन अधिकारीको कार्यकालमा पनि नाट्टामा आफु पनि काम नगर्ने र अरुले गर्न खोजेको नयाँ काममा पनि भाँजो हालेको आरोप उनलाई छ । यसो त उनी नाट्टाका प्रथम उपाध्यक्ष पनि हुन् । तर संगठनभन्दा आफ्नो व्यवसायलाई फाइदा हुने काममात्र गरेको आरोप उनलाई छ ।
यद्यपी आफ्नो कम्पनी माथि उठाउन गरेको मात्र काम हेर्दा पनि उनको नेपाली पर्यटन क्षेत्रमा योगदान नै नभएको भने होइन । उनले देशमा ‘जनयुद्ध’ चलेका बेलामा समेत आफ्नो व्यवसाय हाँकेका थिए । आन्तरिक राजश्व विभागको रेकर्ड अनुसार २०५२ साल बैसाख २ गते नै उनले आफ्नो ट्राभल कम्पनी सम्राट टुर्स एण्ड ट्राभल्स दर्ता गराएका छन् । यस्तै २०६३ भाद्र १३ गते उनले सम्राट ट्रेक्स एण्ड एक्सपीडीसन प्रालि नामक कम्पनीलाइ आन्तरिक राजश्व विभागमा दर्ता गराएका छन् । यसरी उनले यो क्षेत्रमा काम गरेको थुप्रै भइसकेको छ । यहि विषयलाई नै उनले भोट माग्ने कडी बनाएका छन् ।
यो बाहेक त उनलाई चिन्ने धेरैलाई उनको सत्यता पक्कै थाहा छ । नाट्टामा जितेको खण्डमा उनीमात्र होइन आगामी २ बर्षका लागि पूरै नाट्टा विवादित बन्नेमा कुनै शंका नै छैन । उनले यहि पुस २८ गते मेगा छोडेनन् भने उनलाई मुद्धा हाल्ने तयारी उनकै समकक्षीहरुले गरेका छन् । साहस उर्जाको प्रकरण अझै सतहमा आउने निश्चित छ । यसले समग्र नाट्टाको इज्जतमाथि पनि धक्का लाग्ने जानकारहरुको भनाइ छ ।
(उनी संगलग्न साहस उर्जा प्रकरण र उनको डलर काण्डका विषयमा थप सामाग्री आगामी अंकमा प्रस्तुत गर्दैछौं।)
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्