
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ- के तपाईंले कम्पनी दर्ता गरेर काम गर्नुभएको छैन ? यदी यस्तो हो भने अव तपाईंलाई गम्भीर समस्या पर्ने भएको छ । लामो समयदेखि निस्क्रिय भएका कम्पनीका संञ्चालकलाई कम्पनी रजिस्ट्रारको कार्यालयले नयाँ कम्पनी खोल्न रोक लगाएको छ । अर्थ सरोकार डटकमसँग कुराकानी गर्दै म्पनी रजिस्ट्रार कार्यालयकी रजिस्ट्रार गीताकुमारी हुमागाईले दर्ता भएर निस्क्रिय भएका कम्पनीका संचालकले अर्को कम्पनी संचालन गर्न नपाउने बताएकी छिन् । उनका अनुसार अवादेही नयाँ कम्पनी दर्ता हुन आउँदा निस्क्रिय कम्पनीमा संञ्चालक भए/नभएको रुजु गराएर मात्र स्वीकृति दिने काम सुरु भएको छ ।
लगातार तीन वर्षसम्म कम्पनी अध्यावधिक नगर्नेको दर्तासमेत खारेज हुने उनको भनाइ छ । कम्पनी रजिष्ट्रार कार्यालयले निस्क्रिय रहेका कम्पनीलाई खारेजीमा लैजाने प्रक्रिया अघि बढाएको समेत उनले जानकारी दिएकी छिन । उनका अनुसार बुधबारसम्म कम्पनी रजिष्ट्रार कार्यालयमा एक लाख ८० हजार कम्पनी दर्ता भएको छन् भने त्यसमा ५० प्रतिशत कम्पनी निष्क्रिय छन्।
उनका अनुसार अब कम्पनी खारेज गर्न चाहनेले दुई वर्षभित्र आफ्नो कम्पनीको चुक्ता पूँजीको ०.५ प्रतिशत वा जम्मा जरिवानाको रकममध्ये जुन कम हुन्छ त्यहि तिरेर बन्द गर्न समेत सक्नेछन्। हाल सम्म २५ वटा कम्पनीले खारेजीको अन्तिम पत्र लिएको र ४२ कम्पनी खारेजीको प्रक्रियामा रहेको हुमागाईले जानकारी दिएकी छिन्। तपाईंले पनि कम्पनी दर्ता गरेर संचालन गर्नुभएको छैन वा कम्पनीको विवरण अध्यावधिक गर्नुभएको छैन भने कम्पनी रजिष्ट्रारको कार्यालयमा सम्पर्क गरी आफ्नो कम्पनीको ‘स्ट्याटस’ बुझ्न सक्नुहुनेछ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्