×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

काँग्रेस केन्द्रीय समितिको बैठक आज बस्दै, यस्ता छन् एजेन्डाहरु

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

काँग्रेस केन्द्रीय समितिको बैठक आज बस्दै, यस्ता छन् एजेन्डाहरु

Artha Sarokar

४ माघ २०७४, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ  –  निर्वाचनपछि पहिलो पटक नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा राष्ट्रिय सभा निर्वाचनका लागि पार्टीको तयारी, उम्मेदवार चयन समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ ।
अपेक्षा गरेअनुसार परिणाम नआएपछि पार्टीभित्र केन्द्रीय समिति र महासमिति बैठक बोलाउनुपर्ने माग बढेपछि पहिलोपटक केन्द्रीय समिति बैठक बस्न लागेको हो ।
निर्वाचनमा पार्टीको पराजयको समेत समीक्षा गर्ने भनिए पनि आजको बैठक एकदिने मात्र हुने र राष्ट्रियसभा निर्वाचनको तयारीमा मात्र केन्द्रित हुने भएकाले तुरुन्तै अर्काे बैठक बोलाइने बताइएको छ ।
केन्द्रीय कार्यसम्पादन र संसदीय समिति विघटन गर्नुपर्ने, संगठन सुदृढीकरणका लागि विभाग गठन र केन्द्रीय समितिलाई पूर्णता, भ्रातृ संस्थालाई पूर्णता एवं प्रभावकारी परिचालनकोे सन्दर्भमा बैठक बस्न लागेको हो ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी