×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एमाले नेतालाई विदेश भ्रमणमा रोक ! यस्ता छन् कारण

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

एमाले नेतालाई विदेश भ्रमणमा रोक ! यस्ता छन् कारण

१६ माघ २०७४, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – नेकपा एमालेले राष्ट्रिय सभा निर्वाचनअघि प्रदेश सभाका सदस्य र स्थानीय तहका प्रमुख उपप्रमुखहरुलाई विदेश भ्रमणमा जान रोक लगाएको छ । मंगलबार दिउँसो बसेको एमाले स्थायी समितिको बैठकले यस्तो निर्णय गरेको हो ।
प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुख उपप्रमुखहरु राष्ट्रिय सभा सदस्यको मतदाता भएकाले निर्वाचन अघि विदेश भ्रमणमा जान रोक लगाएको हो । सम्बन्धित प्रदेशका मतदातालाई अर्को प्रदेशमा जानबाट समेत एमालेले रोक लगाएको छ ।
यसैगरी राष्ट्रियसभा सदस्य पदको निर्वाचनमा प्रयोग हुने एकल संक्रमणीय निर्वाचन प्रणालीका सम्बन्धमा सम्पूर्ण मतदाताहरूलाई अनिवार्य रुपमा मतदान सम्बन्धी तालिम दिन जरुरी रहेको ठहर समेत एमालेले गरेको छ ।
यसका लागि आजको स्थायी समितिले प्रदेश संगठन कमिटीका संयोजकले केन्द्रीय निर्वाचन विभागसँंग समन्वय गरी प्रशिक्षणको व्यवस्था गर्ने निर्णयपनि गरेको छ । त्यस्तो तालिम एमाले स्थायी समितिले २१ माघकालागि तय गरेको छ ।
एमाले केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठले जारी गरेको विज्ञप्तिअनुसार २१ माघ राति १२ बजेदेखि निर्वाचनको मौन अवधि सुरु हुने भएकाले एमालेले त्यस अगावै प्रशिक्षणको व्यवस्था गर्ने निर्णय गरेको हो ।
बैठकले एमाले र माओवादी केन्द्रका साझा उम्मेदवारलाई विजयी गराउन संयुक्त रुपमा प्रचार–प्रसार, मतदाता शिक्षा, व्यवस्थापन लगायतका काम गर्ने निर्णय पनि गरेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी