Skip to content
LAXMI SUNRISE BANK

मुख्यमन्त्री चयनको जिम्मेवारी प्रदेशसभालाई दिने एमालेको निर्णय

अर्थ सरोकार

काठमाडौँ – एमालेले प्रदेशको मुख्यमन्त्री चयन गर्ने जिम्मेवारी सम्बन्धित प्रदेशको संसदीय दललाई दिने निर्णय गरेको छ। मुख्यमन्त्रीका लागि पार्टीमा एकभन्दा धेरै आकंक्षी देखिएपछि एमालेले सम्बन्धित प्रदेशसभाबाट नै निर्णय गर्ने अधिकार दिएको हो।
पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको स्थायी कमिटी बैठकले प्रदेशसभाको संसदीय दलको बैठकबाट नेता चयन गर्ने र सोही व्यक्तिले मुख्यमन्त्रीमा दाबी प्रस्तुत गर्ने प्रक्रियालाई छनोट गरेको हो। मुख्यमन्त्री चयनको जिम्मेवारी प्रदेशसभालाई दिने निर्णय गरिएको कमिटी सदस्य पृथ्वी सुब्बा गुरुङले बताए।
एमालेले १, ३, ४ र ५ नम्बर प्रदेशमा प्रादेशिक सरकार गठन गर्दैछ। त्यस्तै एमालेले वाम गठबन्धनसँग भएको सहमति अनुसार १, २, ३, ६ र ७ नम्बर प्रदेशमा सभामुखसमेत पाउनेछ। त्यस्तै प्रदेश नम्बर ४ र ५ मा एमालेकै उपसभामुख हुनेछन्। बैठकले राष्ट्रियसभा निर्वाचन अगाडि मतदातालाई भोट हाल्ने तरिका सिकाउन सम्बन्धित प्रदेश कमिटीलाई निर्देशन दिएको छ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

GARIMA BIKAS BANK