
दाङ – जिल्लास्थित राजनीतिक पार्टीको सर्वदलिय बैठकले सरकारको निर्णय नसच्याएसम्म आन्दोलन जारी राख्ने निर्णय गरेका छन् । आन्दोलनको जिम्मा प्रमुख तीन पार्टीले लिएका छन् । यसअघि जारी आन्दोलनको अगुवाई नागरिक समाजले गर्दै आएको थियो ।
विहीबार बसेको सर्वदलीय बैठकले आन्दोलन परिचालन समितिको संयोजक एमालेलाई तोकेको छ भने सहसंयोजक कांग्रेसले पाएको छ । त्यसैगरी माओवादी केन्द्रले सचिवको जिम्मेवारी पाएको छ ।
समितिमा राप्तीका सबै र बाँके–बर्दियालाई पनि समेट्ने निर्णय पनि भएको बताइएको छ । जारी अनिश्चितकालिन आम हड्ताललाई सफल पार्न जस्तोसुकै रुपको आन्दोलन गर्न तयार रहने राजनीतिक पार्टीका प्रतिनिधिहरुले प्रतिवद्धता जाहेर गरेका छन् ।
आन्दोलनरत गरिक समाजका अगुवाहरुले चुनाव जितेका जनप्रतिनिधिहरुलाई बन्धक बनाउने चेतावनी दिएका थिए । आन्दोलनको नेतृत्व नगरेको भन्दै जनताको आपत्ति जनाएपछि राजनीतिक दलहरुले जिम्मा लगेका हुन् ।
यसअघि माओवादी केन्द्रका नेता तथा दाङबाट प्रतिनिधि सभा सदस्य कृष्णबहादुर महराले सरकारको निर्णयप्रति आपत्ति जनाउँदै निर्णय सच्चाउन आग्रह गरेका थिए ।
नेपाली काँग्रेसले दाङ अाफ्नै पार्टी नेतृत्वको सरकारले गरेको निर्णयविरुद्ध अान्दोलनमा उत्रेको छ । उसले अाफ्ना सबै जनवर्गीय संगठनहरुलाई अान्दोलनमा उत्रन अाग्रह समेत गरेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्