
स्वतन्त्रतर्फबाट उम्मेदवारी दिएर विजयी भएका दीपक मनाङेलाई ५ वर्ष कैद सजाय हुने भएको छ । सर्वोच्च अदालतले मनाङबाट प्रदेशसभा सदस्यमा निर्वाचित दीपक मनाङेलाई ५ वर्ष कैद सजाय हुने भनी तत्कालीन पुनरावेदन अदालत पाटनको फैसलालाई सदर गरेको छ । मनाङे स्वतन्त्रतर्फबाट उम्मेदवारी दिएर विजयी भएका हुन् ।
‘आफूमाथि पुनरावेदन अदालत पाटनले गरेको फैसला बदरको माग राखी सर्वोच्च अदालत जानुपर्नेमा दीपक मनाङे मौन बसेको देखिन्छ’ महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता सञ्जीव रेग्मीले कान्तिपुरसित भने, ‘सरकारी पक्षले अरुलाई पनि सजाय हुनुपर्छ भनेर निवेदन दिएकोमा सर्वोच्च अदालतले पुनरावेदन अदालतकै फैसला मिलेको भनेर सदर गरेको छ।’ आदेशमा भनिएको छ।
न्यायाधीशहरु दीपकराज जोशी र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले तत्कालीन पुनरावेदन अदालत पाटनको आदेशलाई सदर गरेको हो। हालसम्म अदालतले तोकेको कैद सजाय भुक्तान नगरेका कारण मनाङे अब काराबास बस्नुपर्नेछ ।
२०६१ सालमा चक्रे मिलनलगायतको समूहलाई दीपक मनाङेको समूहले खुकुरी प्रहार गरेको थियो। उक्त घटनाको उजुरी दर्तापछि प्रहरीले मनाङे समूहलाई कर्तव्य ज्यानको मुद्दा दर्ता गर्यो। मनाङेसहित रेवत कार्की, रमेश सुनुवार, गणेश लामा र उमेश लामा जोडिएको उक्त मुद्दामा जिल्ला अदालतले कर्तव्य ज्यान नभई कुटपीटको ठहर गरी केहीलाई २ वर्ष कैद सजायको फैसला गर्यो। जिल्ला अदालतको निर्णयविरुद्ध सरकारी वकिलहरु आरोपितमाथि कारबाहीको माग गर्दै पुनरावेदन अदालत पाटक गए। २०६९ सालमा पुनरावेदन अदालत पाटनले ज्यान मार्ने उद्योग गरेको ठहरसहित ५ वर्ष कैद सजायको फैसला सुनायो भने उनीसहित अरुले सफाई पाए।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्