
काठमाडौँ- प्रधानमन्त्री देउवाको सपना चकनाचुर भएको छ । नेपाली काँग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाको पत्नीलाई राष्ट्रियसभा मार्फत सांसद बनाउने योजनाले फेल भएछि देउवाको सपना चकनाचुर भएको हो। हालसालै बसेको काँग्रेस केन्द्रीय कार्यसमिति बैठकले चुनाव हारेका र समानुपातिक सूचीमा नाम परेकाहरुलाई राष्ट्रियसभामा नलैजाने निर्णय गरेको छ । यस्तो निर्णय भएसँगै राणा सांसद बन्ने बाटो बन्द भएको हो ।
वास्तवमा देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेल, रामशरण महत, डा. शेखर कोइरालालगायतलाई राष्ट्रिय सभामा ल्याउने र त्यही मौकामा पत्नि आरजुको पनि नाम सुटुक्क पसाउने तयारी गरेका थिए । तर चुनाव हारेका पौडेल र कोइराला समूहका अधिकांश नेताहरुले आफूलाई अहिले कुनै लोभ र मोह नभएको भन्दै पूराना तथा पाका नेताहरुलाई ल्याउन जोड दिएका थिए ।
राणा प्रतिनिधि सभामा पराजित भएपछि उनी प्रत्यक्ष रुपमा सांसद बन्न सकिनन् । कैलाली क्षेत्र नम्बर ५ बाट उम्मेदवार बनेकी राणा एमालेका उम्मेदवार नारदमुनि रानासँग पराजित भएकी थिइन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्