×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

यस कारण प्रधानमन्त्री देउवा एक्लो पर्दैछन्, अब के होला ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

यस कारण प्रधानमन्त्री देउवा एक्लो पर्दैछन्, अब के होला ?

Artha Sarokar

१ माघ २०७४, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – काँग्रेस सभापति शेरबहादुर देउवा अन्ततः पार्टीभित्रै एक्लै पर्ने देखिएका छन् ।
देउवाको रवैयाका कारण उनको पक्षका नेताहरु समेत छाड्ने अबस्थामा पुगेका छन् । चुनावी परिणामलाई लिएर काँग्रेसभित्र आगो सल्किरहेका बेला काँग्रेसका नेताहरु रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला र अर्जुननरसिंह केसी समेत आइतबारबाट एकठाउँमा उभिएका छन् । उनीहरुको आइतबार काठमाडौँको महाराजगञ्जस्थित एक होटलमा गोप्य भेटवार्ता भएको छ ।
करिब दुई घण्टा भएको गोप्य बैठक सभापति देउवालाई एक्लाउने विषयमा केन्द्रीत थियो । देउवाकै असक्षमताका कारण पार्टी इतिहासकै कमजोर अवस्थामा पुगेको निष्कर्ष उनीहरुले निकालेको स्रोतले बतायो ।
उनीहरुबीच पार्टीभित्र र बाहिर देखिएका अभियानलाई ऐक्यबद्धता जनाउँदै एकढिक्का भएर अगाडि बढ्ने तथा सभापति देउवाको असक्षमताको विषयमा बहस चलाउने समझदारी भएको छ ।
पौडेल र सिटौला गएको महाधिवेशनमा देउवासँगै सभापतिमा लडेका थिए भने केसी देउवा क्याम्पमा थिए । यसअघि एउटै क्याम्पमा रहेका नेताहरुको मिलनले काँग्रेसभित्र नयाँ तरंग ल्याउने देखिएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी