
धनकुटा – प्रादेशिक राजधानीको माग राख्दै आन्दोलनमा उत्रिएका धनकुटाबासीले विहीबार पनि धनकुटा बन्द गरेका छन् ।
धनकुटालाई प्रदेश नं.१ को राजधानी तोकिनुपर्ने माग राख्दै आन्दोलनरत स्थानीयले एक महिना अघिदेखि चरणबद्ध आन्दोलनका गतिविधि गर्दै आएका छन् ।
लगातार ६ दिनसम्म आमहड्ताल गरिएको धनकुटामा विगत २ दिन अघिदेखि आन्दोलनको स्वरुप बदलिएको थियो तर आज पुन: बन्द अाह्वान गरिएपछि जनजीवन प्रभावित बनेको छ ।
बन्दका कारण धरान धनकुटा सडक खण्डमा बिहानैदेखि यातायात चलेका छैनन् । बिहानैदेखि बन्दकर्ताले धनकुटाको जीरो प्वाइन्ट, आत्मारा ढाट, देब्रेबास लगायतका स्थानमा सडकमा सवारी साधन रोकेका छन् । सरकारले भने प्रदेशको अस्थायी मुकाम नतोक्ने निर्णय गरिसकेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्