
काठमाडौं – धनकुटाबाट काठमाडौँ आएका सर्वसाधारणहरुले प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास घेराऊ गरेका छन् । धनकुटावासीले आइतबार प्रदेश नम्बर १ को राजधानी धनकुटा हुनुपर्ने मागसहित प्रधानमन्त्रीको निवास घेराउ गरेका हुन्।
धनकुटालाई प्रदेश राजधानी माग गर्दै आन्दोलन गरिरहेको प्रदेशिक राजधानी धनकुटा निर्माण समितिको अगुवाईमा बालुवाटारमा धनकुटेली जनताले आइतबार बिहान साढे ८ देखि ११ बजेसम्म धर्ना दिएका थिए । भौतिक पूर्वाधार ,सार्मथ्य, सुरक्षा र भौगोलिक सुन्दरता सबैमा धनकुटा राजधानी हुन लायक रहेको उनीहरुको तर्क छ ।
धर्ना कार्यक्रम सोमबार पनि रहेको समितिका सदस्यहरुले जनाएका छन् । धर्ना कार्यक्रममा राजनीतकि दलका अगुवा, सामाजिक व्यक्तित्व तथा धनकुटा घर भएर काठमाडौंमा बसोबास गरिरहेका धनकुटेलीको उल्लेख्य सहभागिता थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्