×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

डोटीबासीले गरे काँग्रेस पार्टी कार्यालय कब्जा, यस्तो छ कारण

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

डोटीबासीले गरे काँग्रेस पार्टी कार्यालय कब्जा, यस्तो छ कारण

Artha Sarokar

४ माघ २०७४, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

दिपायल – सरकारले ७ नम्बरको प्रदेश अस्थायी मुकाम कैलाली राख्ने निर्णय गरेको छ । कैलालीलाई अस्थायी मुकाम राख्ने निर्णयसंगै सुरु भएको आन्दोलनले उग्र रुप लिएको छ । आन्दोलनकारीहरुले अनिश्चितकालिन आमहडतालको घोषणा गरेका थिए ।
विहीबार विहान अाफूहरुको मागको बेवास्ता गर्दै कैलाली मुकाम राख्‍ने निर्णय गरेको भन्दै अाक्रोसित आन्दोलनकारीहरुले डोटी नेपाली काँग्रेसका पार्टी कार्यालय कब्जा लिएको र पार्टीको झण्डा च्यातेर कालो झण्डा गाडेका छन् ।
बुधबार राति दिपायलस्थित मोटर ग्यारेजमा बनाउन राखेका दुई मोटर साईकलमा आगजनी गरिएका थिए । आक्रोसित आन्दोलनकारीले बुधबार राति दिपायलको पिपल्ला बजारका पसलका साईन बोडहरु तोडफोड गरेका छन् ।
डोटीका गाउँगाउँबाट जनता दिपायल आइरहेका छन् । आन्दोलनको नेतृत्व उद्योग बाणिज्य संघले गरेको छ । कैलाली आस्थायी राजधानी राख्ने सरकारको निर्णय नसच्याएसम्म आन्दोलन फिर्ता नहुने बताउँदै संघका अध्यक्ष तथा आन्दोलनका संयोजक नरेन्द्रवहादुर खड्काले बताए ।
आन्दोलनरत स्थानिय राजनीतिक दल, नागरिक समाज, गैर सरकारी संस्थाका प्रतिनिधिहरुको छुट्टा छुट्टै बैठक बसि रहेका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी