
काठमाडौं – चितवनमा नयाँशक्ति नेपालका नेतामाथि डोजर आक्रमण भएको छ । उक्त डोजार आक्रमण चितवन क्षेत्र नम्बर ३ बाट प्रदेशसभामा उम्मेदवार बनेका नेता तुलाराम विश्वकर्मामाथि भएको हो । उनलाई भरतपुर महानगरपालिका २१ कालिकाचोकमा सडक निर्माण कम्पनिले डोजर आक्रमण गरी घाइते बनाएकाे छ ।
बाटो विस्तार समितिले सडक चौडा गर्ने नाममा बिना जानकारी जग्गामा डोजर लगाउन आएपछि बुझ्न पुगेका उनीमाथि डोजर लगाइएको प्रत्यक्षदर्शीले बताएका छन्। नेता विश्वकर्मालाई त्यहाँ उपस्थित अन्य व्यक्तिले बचाएका हुन् ।
‘हामीलाई जानकारी नदिइ हाम्रो जग्गामा डोजर लगाउन थालियो । मैले बुझ्नका लागि डोजर भएतिर जाँदा मलाई उचाल्ने र पछार्ने कार्य गरियो,’ नेता विश्वकर्माले भने, ‘शरीरमा गम्भिर चोटपटक लागेको छ । प्रहरीले समेत मेरो मुद्दा लिन मानेको छैन ।’
उनलाई डोजर लगाउँदै गर्दा उनको श्रीमती भने ठूलो स्वरले चित्कार्दै गरेको भिडियोमा देख्न सकिन्छ भने उनलाई डोजरले अगाडि पछाडि गर्दै लछारपछार गरेको समेत भिडियोमा प्रष्ट देखिन्छ ।
बारम्बार डोजरले उनलाई हान्दा अन्य व्यक्तिले बचाउन तानेको पनि भिडियोमा देखिन्छ । रोयल बिल्डर्स कम्पनिको डोजरले आफूमाथि आक्रमण गरिएको तुलारामले बताएका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्