×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बसाई अमेरिका, जागिर जाजरकोटमा ! यी हुन् देश लुटेर विदेशमा मोज गरिरहेका सरकारी डाक्टर !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

बसाई अमेरिका, जागिर जाजरकोटमा ! यी हुन् देश लुटेर विदेशमा मोज गरिरहेका सरकारी डाक्टर !

२० पुष २०७४, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- जिल्ला अस्पताल जाजरकोटमा कार्यरत मेडिकल अधिकृत डा. निशराज बस्नेतले विगत एक बर्षदेखि अमेरिका बसेर जाजरकोटको जागिर गरिरहेको खुलासा भएको छ । दर्जनौं मौखिक उजुरीपछि स्थानीय प्रशासनले छड्के अनुगमन गर्दा यो हदसम्मको अनियमितता फेला परेको हो । नेपालमा जागिर खाने, नेपालको तलव खाने अनि अमेरिकामा मोज गरेर बस्ने डाक्टरको रबैयाले जनताहरु मारमा परेको उजुरीपछि गरिएको छड्केमा यस्तो खुलासा भएको हो ।
जिल्ला अस्पताल जाजरकोटमा कार्यरत मेडिकल अधिकृत डा. निशराज बस्नेतले विगत एक बर्षदेखि अमेरिका बसेर जाजरकोटको जागिर गरिरहेको पाईएको हो । गत बर्ष अमेरिका प्रस्थान गरेका डाक्टर बस्नेतको २०७३ सालको अन्त्यसम्म करिव १९ दिन विरामी विदा थियो । २०७४ बैशाखदेखि यता दुई पटक आएर हाँजिर गरेर उनी पुनः अमेरिका फर्किएका छन् । यस बर्ष बैशाख २५ देखि जेठ ४ गतेसम्म ११ दिन हाजिर गरेर फर्किएका थिए । पुनः कार्तिक ६ गतेदेखि हाजिर भएका उनी २१ गते सम्म १६ दिन जिल्ला अस्पतालमा बसेर काम गरेको हाजिरी रेकर्डमा उल्लेख छ ।
यस अवधिमा घरविदा, सट्टा विदा, काज, बाटो म्याद उल्लेख गरेर हाजिरी किताब भरेका छन् । घर विदा लिई सकेपछि फेरि हाजिर भएपछि मात्र अर्को घर विदाको बाटो म्याद लिन पाईन्छ तर डा. बस्नेतले कार्यालय प्रमुख डा. चाँदनी जैसवालसँगको मिलेमतोमा जथाभावी काज र बाटो म्याद स्वीकृति गराएको सहायक प्रमुख जिल्ला अधिकारी जनकराज शर्माले बताए ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी