×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ग्लोबल आइएमई बैंकद्धारा फरक क्षमता भएका विद्यार्थीलाई ज्याकेट वितरण

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

ग्लोबल आइएमई बैंकद्धारा फरक क्षमता भएका विद्यार्थीलाई ज्याकेट वितरण

४ माघ २०७४, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

ग्लोबल आइएमई बैंकले आफ्नो ११औ वार्षिकोत्सवको अवसरमा पर्वत जिल्लाको कुस्मामा रहेको शिवालय माध्यमिक विद्यालयमा अध्ययनरत दृष्टिविहिन तथा फरक क्षमता भएका विद्यार्थीहरुलाई ज्याकेट वितरण गरेको छ । बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्र्तगत उक्त विद्यालयमा अध्ययनरत पारिवारिक आर्थिक अवस्था अत्यन्त कमजोर रहेका ३५ जना दृष्टिविहिन तथा फरक क्षमता भएका विद्यार्थीहरुहरुलाई बैंकको लागो अंकित ज्याकेट वितरण गरेको हो । पारिवारिक आर्थिक अवस्था कमजोर भएका दृष्टिविहिन तथा फरक क्षमता भएका विद्यार्थीहरुको जीवनयापनमा सहजता ल्याउने उद्देश्यले ज्याकेट वितरण गरिएको हो । 
ग्लोबल आइएमई बैंकले बिशुद्ध बैंकिङ्ग सेवा मात्र नभएर स्थापनाकालदेखि नै आफ्नो सामाजिक उत्तरदायित्व अन्र्तगत विभिन्न क्षेत्रहरु जस्तै मुलुकमा आइपर्ने प्राकृतिक विपत्तिहरु बाढी पहिरो, भुँईचालो लगायतका अन्य सामाजिक कार्यहरुमा पनि सदैव अग्रसर रहदै आएको छ । एघारौँ वार्षिकोत्सव विभिन्न ११ वटा कार्यक्रमको आयोजना गर्ने क्रममा बैंकले यसअघि समाजिक उत्तरदायित्व अन्र्तगत नै रक्तदान कार्यक्रम तथा निः शुल्क मधुमेह परिक्षण, वित्तिय साक्षरताको लागि प्रभातफेरि, इनहाउस फुटसल तथा टेबल टेनिसको आयोजना गरिसकेको छ भने अन्य कार्यक्रमहरु आयोजना गर्ने क्रममा रहेको छ । 
२०६३ पौष १८ गतेबाट संचालनमा आएको ग्लोबल आइएमई बैंकले स्थापनाको छोटो अवधिमै अलग पहिचान बनाउन सफल भएको छ । स्थापनाको एक दशकमा बैंक बैंक अफ द इएर तथा बेष्ट इन्टरनेट बैंकिङ्ग अर्वाडबाट समेत सम्मानित भईसकेको छ । ११३ शाखा, १२७ एटिएम, ४ बटा एक्टेन्सन काउण्टर, ५९ शाखा रहित बैंकिङ्ग सेवा रहेको ग्लोबल आइएमई बैंकले ८ लाख भन्दा बढि ग्राहकलाई सेवा दिदै आइरहेको छ ।
त्यस्तै बैंकले अत्याधुनीक प्रविधियुुक्त मोवाइल बैंकिंङ्ग सेवा, इन्टरनेट बैंकिंङ्ग सेवाको साथमा युके, अष्ट्रेलिया, मलेसिया, भारत, दक्षिण कोरिया जापान,कतार, युएई, बहराइन लगायतका मुलुकबाट रेमिट्यान्स सेवा समेत प्रदान गर्दे आइरहेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी