
काठमाडौं – प्रा.डा. गोविन्द केसीले भ्रष्ट र माफिया भएको बताउँदै प्रधानन्यायाधीश गोपाल पराजुलीलाई कारवाहीको माग गर्दै अनसन बसेका छन् ।
त्रिवि शिक्षण अस्पतालको डीनमा डा. शशी शर्मालाई पुनर्वहाली गरेको भन्दै डा. केसीले सोमबारबाट फेरि आरमण अनसन सुरु गरेका हुन् । उनको यो अनसन १४ अौं हो ।
अनसन बस्नुअघि पत्रकार सम्मेलन गरेर डा. केसीले प्रधानन्यायाधीश पराजुलीमाथि भ्रष्ट र माफिया भएको आरोप लगाउँदै न्यायालय न्याय दिने नभएर किनबेच गर्ने गरेको बताए । उनले भन्,’न्यायालयको मर्यादा बचाउन भ्रष्ट र माफिया प्रधानन्यायाधीश गोपाल पराजुलीविरुद्ध लड्नुको विकल्प छैन ।’
डा.केसीले पाँच बुँदे माग राख्दै अनसन थालेका छन् । पहिलो नम्बरमा पराजुलीको राजीनामालाई राखेका छन्। केसीले पराजुलीमाथि छानविन गरेर कारबाही गर्नु पर्ने बताए ।
त्यसैगरी चिकित्सा शिक्षा आयोग गठन, आईओएमका डीनमा जेपी अग्रवाललाई कायमै राख्नु पर्ने र शशी शर्माका साथै त्रिवि पदाधिकारीलाई बर्खास्त गर्नुपर्ने केसीको माग छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्