
काठमाडौँ – डा गोविन्द केसीले प्रधानन्यायाधीश गोपाल पराजुलीको नागरिकताको प्रतिलिपि माग गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौँमा निवेदन दर्ता गरेका छन् । केसीले बुधबार बिहान बबरमहलस्थित कार्यालय पुगेर निवेदन दर्ता गरेका हुन् ।
सूचना हक अन्तर्गत निवेदन दर्ता गरिएको डा केसीका सहयोगी डा अभिषेकराज सिंहले बताए । उनीसँगै अधिवक्ताहरु सुरेन्द्रराज भण्डारी र ओमप्रकाश अर्याल, कलाकार रवीन्द्रसिंह बानियाँ प्रशासन पुगेका थिए ।
प्रधानन्यारयाधीश पराजुलीले नागरिकताको प्रतिलिपि लिँदा उमेर सच्याएको आरोप डा केसीले लगाएका छन् । न्याय परिषदले कायम गरेको नागरिकताको विवरण र पराजुलीले पेश गरेको नागरिकताको प्रतिलिपिमा उल्लिखित जन्म मिति फरक रहेको विषयमा लामो समयदेखि विवाद भइरहेको छ ।
सर्वोच्च अदालतले पनि प्रशासनसँग नागरिकताको प्रतिलिपि यसअघि नै मागिसकेको छ । केसीविरुद्दको अपहेलना मुद्दामा आदेश गर्दै सर्वोच्चले पुस २६ गते नागरिकता र शैक्षिक योग्यताका प्रमाणपत्र माग गरेको थियो ।


Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्