
काठमाडौँ – गोबिन्द केसी अनशनमा बसेका बेला र प्रहरीले उनलाई पक्राउ गरेपछि उनको पक्षमा जनलहर आएका बेला पूर्व स्वास्थ्य मन्त्री खगराज अधिकारीले डा गोविन्द केसीलाई मर्न दिनुपर्ने बताएका छन् । राष्ट्रिय चिकित्सक संघ नेपालले शनिबार आयोजना गरेको कार्यक्रममा पूर्वमन्त्री अधिकारीले डा केसीको नाम नलिई घुमाउरो भाषामा डाक्टर केसीलाई मर्न दिनुपर्ने बताएका हुन्।
‘अनसन बसेर कसैले इच्छा मृत्युको माग गर्छ भने उसलाई मर्न दिनुपर्छ । एकातिर तीन करोड नेपालीको स्वास्थ्यको कुरा गर्ने अनि अर्कोतिर अस्पतालमा अनसन बसेर मर्न चाहनेलाई कसैले बचाउनु हुँदैन । सरकारी अस्पतालमा अनसन बस्नु पनि क्वाकरी (गैरव्यावसायिक) चिकित्सकीय अभ्यास हो । यस्ता व्यक्तिमाथि अरु डाक्टरले आफूलाई सरेन्डर (आत्मसर्पण) गरेर किन बचाउनु?’ उनले भने।
केसीमाथि रुष्ट देखिएका उनले अगाडी भने ‘विश्वका केही देशमा इबोला संक्रमण फैलिएको बेला एक जना डाक्टरले त मलाई नेपाली जनताको मृत्यु हुन्छ भन्दै सिकाएको थियो, हुँदै नभएको विषयमा त्यो डाक्टरले मलाई पढाउने कोसिस गरेको थियो। ‘पहिला सरोगेसी नेपालमा हुनुपर्छ भनेर उनले हस्ताक्षर गरे । त्यसपछि उनले मलाई नेपाल स्वास्थ्य अनुसन्धान प्रतिष्ठानको अध्यक्ष बनाउनुपर्योु, म जति पनि पैसा दिन्छु भने। मैले हुन्न, पैसामा काम गर्ने मान्छे होइन भनेर गाली गरेपछि त्यो डाक्टर त म विरुद्ध नै लाग्यो।’
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्