Skip to content
LAXMI SUNRISE BANK

गोदावरीको छम्पीमा सनराइज बैंकको शाखारहित बैंकिङ्ग सेवा

अर्थ सरोकार

सनराइज बैंक लिमिटेडले बैंकिङ्ग सेवा नपुगेका देशका विभिन्न स्थानहरुमा बैंकिङ्ग सेवा पुर्याउँदै जाने उद्धेश्यका साथ आफ्नो २०औँ शाखारहित बैंकिङ्ग सेवा गोदावरीको छम्पीमा शुरू गरेको छ । उक्त शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन गोदावरी नगरपालिका, वडा नं ९ का अध्यक्ष आत्माराम थापाले एक समारोहका बीच गरे ।
सो अवसरमा शाखारहित बैंकिङ्ग सेवाको एजेन्ट÷प्रतिनिधि राजिब केसीलाई पोइन्ट अफ सेल मेसिन आत्माराम थापा र भैँसीपाटी शाखाका प्रवन्धक कमल बाबु सिम्खडाले संयुक्त रुपमा हस्तान्तरण गरे । साथै बैंकको भैँसीपाटी शाखाका प्रवन्धक कमल बाबु सिम्खडाले शाखारहित बैंकिङ्ग सेवा प्रदान गर्नुको उद्घेश्य प्रष्ट पारे ।
उक्त पोइन्ट अफ सेल मेसिनको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत शाखारहित बैंकिङ्ग सेवा अन्तर्गत एटिएम कार्ड मार्फत कारोबार गर्न सकिने बैंकले जनाएको छ । यो संगसंगै बैंकको कुल शाखारहित बैंकिङ्ग सेवा संख्या २० पुगेको छ । बैंकिङ्ग सेवा नपुगेका ग्रामीण क्षेत्रका जनतालाई बैंकिङ्ग सेवा शाखारहित बैंकिङ्ग सेवामार्फत उपलब्ध गराउँदै जाने लक्ष्य बैंकले लिएको छ ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK