- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – साताको पाँचौ दिन बिहिबार सुनचाँदीको मूल्य बढेको छ । बुधबार प्रति तोला ५७ हजार २ सयमा कारोबार भइरहेको छापावाला सुन आज ६ सयले बढेर ५७ हजार ८ सय मुल्यमा कारोबार भइ रहेको छ ।
त्यस्तै गरि चाँदीको मुल्य १५ रुपैयाँले बढेर प्रति तोला ७ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज बिहिबार प्रति १० ग्राम छापावाला सुनको मूल्य ४९ हजार ५ हजार ५५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चांदीको मूल्य ६ सय ५६ रुपैयाँ कायम गरेको छ।