- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – साताको चौथौ दिन बुधबार सुनको मूल्य बढेको छ । मंगलबार प्रति तोला ५७ हजारमा कारोबार भइरहेको छापावाला सुन आज २ सयले बढेर ५७ हजार २ सय मुल्यमा कारोबार भइ रहेको छ ।
त्यस्तै गरि चाँदीको मुल्य स्थिर रहेर प्रति तोला ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज बुधबार प्रति १० ग्राम छापावाला सुनको मूल्य ४९ हजार ४० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चांदीको मूल्य ६ सय ४३ रुपैयाँ कायम गरेको छ।