
काठमाण्डौंस्थित गोल्डेन गेटका निर्देशक देवीराम पाण्डे जेल चलान भएका छन् । एमबिबिएस परीक्षाको प्रश्नपत्र ‘लिक’ गरेको अभियोगमा दोषी ठहर गर्दै विशेष अदालतले गोल्डेन गेट कलेटका निर्देशक देवीराम पाण्डेसहित ६ जनालाई सजाय फैसला गरेपछि उनीहरु जेल चलान भएका हुन् । अदालतले परीक्षामा चिट चोराउने कार्यमा संलग्न भएको आरोप लागेकामध्ये ६ जनालाई दोषी ठहर गरेको छ ।
निर्देशक पाण्डेलाई ९ महिना कैद र ५ लाख ५ हजार जरिवाना फैसला भएको छ । यस्तै सोही कलेजका शिक्षक हरिहर भन्ने खेतरनाथ सापकोटालाई एक महिना १५ दिन कैद र २५ सय जरिवाना हुने फैसला सुनाइएको छ ।विशेषले प्रश्नपत्र लिक गराउने कार्यमा संलग्न अन्य प्रभातकुमार कुशवाहलाई ४ वर्ष कैद ३४ लाख जरिवाना, धर्मेन्द्र यादवलाई एक वर्ष कैद ९ लाख जरिवाना, जिवछ यादवलाई १ वर्ष कैद ५ लाख २ हजार र महेश्वरप्रसाद यादवलाई २ वर्ष कैद १७ लाख १ हजार जरिवाना फैसला सुनाइएको छ । विशेषले शहिद अख्तर र धर्मेन्द्र संग्रौलालाई भने सफाइ दिएको छ ।
विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी, सदस्यद्वय द्वारिकानाथ जोशी र नारायणप्रसाद पोखरेलको इजलासले ३ वर्षपछि बुधबार यस्तो फैसला सुनाएको हो । देवीराम पाण्डेसहित ६ जनालाई दोषी ठहर गर्दै उनीहरुबाट बरामद गरेको ३४ लाख २५ हजार रकम समेत जफत हुने भएको छ ।
पाण्डेलाई प्लस टुपनि प्रश्नपत्र पनि लिक गरेको आरोप छ । तर यस बिषयमा छानविन भएको छैन । उनको कर्तुतसंगै गोल्डेनगेटसमेत बदनाम भएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्