
प्रधान न्यायाधीस गोपाल पराजुली अहिले विवादमा छन् । ४ वटी विवाह गरेको गरेकोदेखि किर्ते नागरिकता बोकेकोसम्मका तथ्य बाहिर आएपछि उनी विवादमा परेका हुन् । अझ गोबिन्द केसीलाई पक्राउ गरेपछि त उनी विवादको चरम उत्कर्षमा नै पुगेका छन् । यसैबीच उनले गरेका विवादास्पद फैसलाहरु पनि बाहिर आउन थालेका छन् ।
यी हुन् पराजुलीले गरेका विवादास्पद फैसलाहरु:-
१.मापदण्ड पूरा नगरेको काठमाडौ नेस्नल कलेजलाई सम्बन्धन।
२.१० अर्ब भ्रस्टाचार गरेका चुडामणिा शर्मलाई अख्तियारले ३ करोड धरौटी माग गरेको थियो तर बिना धरौटी साधरण तारेखमा रिहा गर्न आदेश
३.६ सय ३१ करोड लागुऔषध कान्डमा अभियुक्तहरुलाई उन्मुक्ति
४.जनताको मतको अनादर गरि भरतपुर १९ मा पुन निर्वाचनको फैसला।
५.धनाड्य एनआरएन सस्थापक उपेन्द्र महतोको कम्पनी सिनर्जी नेपालसँग कर नलिन नेपाल सरकारलाई आदेश
६. एनसेलको २०% सेयर मालिक निरजगोबिन्द्को मुद्दामा कर छुट दिने फैसला
७.एनसेलको ८०%लाभन्स कर नतिरेको मुद्दामा नेपाल सरकारलाई लाभन्स कर नतिरी लैजान दिने आदेश
८.कल्याणकारी कोषमा राजस्व लाग्ने करिब १६ करोड रकम लुकाएको सुर्य नेपाललाई कर छुट दिने आदेश
९.बर्षौंदेखि रोयल्टी नतिरेको सोल्टी होटेल क्यासिनोको मुद्दामा करिब ७/८ बर्सापछी क्यासिनोको पक्षमा रोयल्टी तिर्नै नपर्नेसम्म फैसला
१०.अकुत सम्पत्ति आर्जन तथा भ्रष्टाचार गरेका त्रिभुवन बिमानस्थल भन्सारका उपसचिव र नासुलाई सफाई दिने फैसला ।
११.मन्त्री परिषद खिलराज रेग्मीका पालामा गलती कार्बाहिमा परी सरकारबाट बर्खास्त भएका डिन डाक्टर शशी शर्मालाई सरकारले खिल्ली उडाउदै पुन पद बहाली गर्ने फैसला ।
१२.आफू प्रधानन्यायाधीश भए लगतै आफ्नै अध्यक्षतामा बैठक बसाई आफ्नो जुवाई नकुल सुबेदिलाई सर्बोच्च अदालतको प्रधानन्यायाधीश हुन सक्ने मर्यादाको कायम गर्दै उच्च अदालतको मुख्य न्यायाधीशमा सिफारिस
यी त केहि प्रतिनिधि घटना र चर्चित घटनाहरुमात्र हुन् । उनका थुप्रै अरु फैसला पनि विवादित भएको जानकारहरु बताउँछन् । अहिले गोबिन्द केसीका समर्थकहरु यिनै १२ बुँदाहरु सामाजिक संजालमा पोष्ट गर्दै भन्न थालेका छन्, ‘ यी हुन् गोपाल पराजुलीले गरेका १२ विवादास्पद फैसलाहरु, कति कुम्ल्याए होलान्, आफैं हिसाव गर्नुहोस् !
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्