
काठमाडौं – डा. गोविन्द केसीलाई प्रहरीले पक्राउ गरेको बारे आफुलाई केहि पनि थाहा नभएको प्रधानमन्त्रीले दावी गरेका छन् । देउवा आफैं गृहमन्त्री छन् । ‘प्रधानमन्त्रीज्यूलाई थाहै नदिई डा. केसीलाई पक्राऊ गरियो,’ प्रधानमन्त्री देउवाका प्रेस संयोजक गोविन्द परियारले भने, ‘डा. केसीलाई त्यसरी अपराधीलाई जस्तै गरेर पक्राउ गरिएकोमा प्रधानमन्त्रीज्यू असन्तुष्ट हुनुहुन्छ । डा केसीलाई भोलि बिहान ९ बजे अदालतमा उपस्थित हुन सर्वोच्चले भनेको अवस्थामा राति नै पक्राऊ गर्न कुनै जरुरी थिएन, बिहान ९ बजे उहाँ आफैं अदालत जान सक्नुहुन्थ्यो ।’
डा. केसीलाई पक्राउ गर्नुअघि आइजीपी वा अरू कुनै पनि प्रहरी अधिकारीले आफूलाई जानकारीसम्म नदिएको देउवाको गुनासो छ ।प्रधानमन्त्री देउवाले यसबारे आइजीपी प्रकाश अर्याललाई पनि सोधखोज गरेको र मंगलबार विहान ९ बजे नै छुटाउने बुझिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्