
उदयपुर – उदयपुरको गाईघाटमा रहेको यातायात सेवा कार्यालयका निमित्त प्रमुख शिवकुमार तिम्सिना बिहीबार पक्राउ परेका छन् ।
उदयपुरका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँणेलसहितको टोलीले यातायात सेवा कार्यालयमा छड्के अनुगमन गरेको थियो । अनुमगनको पूर्व सूचना पाएर फरार भएका यातायातका प्रमुख तिम्सिना गाईघाट गैरुनको उनकै घरबाट पक्राउ परेका प्रमुख जिल्ला अधिकारी कँणेलले बताए ।
अनुगमनको बेला प्रमुख जिल्ला अधिकारी कँणेलसँग कार्यालयकी खरिदार लक्ष्मी न्यौपानेले कार्यालय प्रमुख तिम्सिना कार्यालय समयमै रक्सी खाएर आउने, जताततै पिसाब फेर्ने, महिलाहरूलाई अभद्र ब्यवहार गर्ने, अश्लील शब्द बोल्ने गरेको गुनासो गरेकी थिइन् ।
त्यसका साथै कार्यालयकी सहयोगी पूर्णिमा मगरले आफ्नो तलबसमेत तिम्सिनाले खाइदिने गरेको गुनासो प्रमुख जिल्ला अधिकारी कँडेल समक्ष गरेकी छिन् । मगरले आफूले पाउने मासिक आठ हजार रुपैयाँमा तीन हजार रुपैयाँ कार्यालयका निमित्त प्रमुख शिवकुमार तिम्सिनाले लैजाने गरेको बताइन् ।
८ जनाको दरबन्दी भए पनि ३ जनाको भरमा कार्यालय २०७२ साउनदेखि संचालनमा आएको यस कार्यालयमा आठ जनाको दरबन्दी छ ।
स्थापना भएदेखि नै तिम्सिनाले कार्यालय प्रमुखको जिम्मेवारी सञ्चालन गर्दै आएका थिए । कार्यालयमा प्रमुख एक, नायव सुब्बा दुई, मेकानिकल सुपरभाइजर एक, सहायक लेखापाल एक, खरिदार एक र कार्यालय सहयोगी दुई गरी जम्मा आठ जना सरकारी कर्मचारीको दरबन्दी छ ।
नायव सुब्बा शिव तिम्सिनाको भरमा कार्यालय चलेको थियो । कार्यालयबाट सवारी साधन नवीकरण, सवारी चालक अनुमतिपत्र नवीकरण, अस्थायी रुट परमिट दिने, विभिन्न सवारी नियम उल्लंघन गर्नेलाई जरिवाना गर्नेलगायतका कार्य सम्पादन हुने गर्छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्