×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

राजधानी माग गर्दै हेटौंडामा आन्दोलनको घोषणा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

राजधानी माग गर्दै हेटौंडामा आन्दोलनको घोषणा

Artha Sarokar

३ माघ २०७४, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

हेटौंडा – हेटौंडालाई ३ नम्बरको प्रदेशको राजधानी बनाउन माग गर्दै आन्दोलन हुने भएको छ । मकवानपुर उद्योग बाणिज्य संघको पहलमा बुधबार बसेको सर्वपक्षीय बैठकले हेटौंडालाई प्रदेशको अस्थायी मुकाम नतोकिए कडा आन्दोलनमा जाने निर्णय गरेको छ ।
सरकारले आजै प्रदेशको अस्थायी राजधानी तोक्ने तयारी गर्दैगर्दा हेटौंडामा आन्दोलनको घोषणा भएको मकवानपुर उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष मावध न्यौपानेले जानकारी दिए । मकवानपुर उद्योग बाणिज्य संघका अध्यक्ष कृष्ण कटुवालले पनि ३ नम्बर प्रदेशको मुकाम हेटौंडा नै उपयुक्त हुने भन्दै सरकारले अन्यत्र तोके सशक्त आन्दोलन हुने बताए ।
‘हेटौंडा प्रदेशको राजधानी नभए हेटौंडेली जनता तत्काल सडकमा आउँछन्,’ संघका बरिष्ठ उपाध्यक्ष न्यौपानेले भने,’उपयुक्त हुने ठाउँलाई नतोकेर काठमाडौं र त्यस आसपासनै मुकाम तोकिए त्यसले थप समस्या मात्रै सिर्जना गर्छ ।’ उनले जुनसुकै मुल्य चुकाएर भएपनि हेटौंडालाई प्रदशेको राजधानी बनाउने बताए ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी